Correspondent, ParbatNepal
6 years ago
1254
चैत्र १, पर्वत । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिए सँगै पर्वतका होमस्टेमा
पाहुना भित्रिन रोक लाएको छ । पर्वतको कुश्मा नगरपालिका– ३,
दुर्लुङमा सञ्चालित चनौटे सामुदायिक होमस्टेले गाउँमा पाहुना भित्रिन रोक
लगाएको हो । कोरोना भाइरसको विश्वव्यापी महामारी सँगै पूर्व सतर्कता अनुरूप
होमस्टेमा पाहुना भित्रिन रोक लगाइएको स्थानीय होमस्टे सञ्चालक गोलमान गुरूङले
जानकारी दिनुभयो ।
एक साताअघि जिल्ला प्रशासन कार्यालय पर्वतले सभा, समारोह गर्न र परिवारका सदस्यबाहेक अन्य व्यक्तिहरू सामूहिक रूपमा बस्न रोक लगाएपछि होमस्टे सेवासमेत बन्द गरिएको होमस्टे हो । शुक्रबार र शनिबार बिशेष गरी बढि पाहुनाहरू आउने गरेको र कोरोनाको प्रभाबले नियमितता दिन नसकिएको होमस्टे संचालक गुरूङले बताउनुभयो ।
दुर्लुङमा क्यानोनिङ खेल हेर्न र खेल्नका लागि आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन्
। क्यानोनिङ खेलको रमाइलोसँगै पाहुनाहरू होमस्टेमा बसेर गुरूङ संस्कृतिमा रमाएर
फर्किने गरेका छन् । दुर्लुङको चनौटेसँगै मोदी गाउँपालिका– ८,
चित्रेमा सञ्चालित पञ्चकोशी होमस्टेमा पनि पाहुना भित्रिन रोक लगाइएको छ ।
