Correspondent, ParbatNepal
6 years ago
1274
चैत्र २, पर्वत । पर्वत सदरमुकाम कुश्माबजार देखी छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने
मोटरेवल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका– ४ चाक्लेको डिलदेखि
बागलुङ नगरपालिका– १३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन
लागिएको हो । मोटरेवल पुल सार्क मुलुकहरुमध्येकै नमुना बनाउन लागिएको हो । पुल
निर्माणका लागि यस अघिनै प्रारम्भीक सर्वेक्षण गरिएको भएपनि पर्याप्त बजेट
बिनीयोजन हुन नसक्दा योजना अलपत्र बनेको थियो ।
कालीगण्डकी नदिमाथि
२०६ मिटरको उचाई र ५ सय १० मिटर लामो पुल बन्ने भएको हो । पुल निर्माणका लागि
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको पूर्वाधार विकास महाशाखाले भौतिक
पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रकृया अघि बढाउन निर्देशन दिएको छ ।
महाशाखाका शाखा अधिकृत
शशी पौडेलद्धारा जारी पत्रमा कुश्मा–नेपाने कालीगण्डकी
मोटरेवल पुल निर्माण उपभोक्ता समितिको २०७० सालदेखि फागुन ११ सम्म गरी ११ वटा
निवदेनका आधारमा र विभिन्न समयमा विभिन्न मन्त्रालयले गरेको सर्वेक्षणका आधारमा
आवश्यक प्रकृयाका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले फागुन १८ गते
भौतिक पूर्वाधार मन्त्रालयलाई आदेश दिएको हो ।२०६ मिटरको उचाई र ५१० मिटर लामो यो
पुल सार्क क्षेत्रका मुलुकहरुकै नमुना पुल हुने अपेक्षा गरिएको छ ।
यो पुल निर्माण भएमा
पर्वत र बागलुङबीच सिधा सम्पर्क हुने छ भने बुटबल, भैरहवा, लुम्विनी हूँदै पोखरा र स्याङजा सम्मको दुरी घट्ने
भएको छ । प्रारम्भिक सर्वेक्षणका बेला उक्त पुल निर्माणका लागि १ अर्ब २९ लाख
रुपैया लागत लाग्ने अनुमान गरिएको छ ।
पर्वत र बागलुङ जोड्न
यस अघि कालीगण्डकी नदिमाथि झोलुङ्गे पुल, निजि क्षेत्रद्धारा
यान्त्रिक पुल र बन्जि जम्प गर्ने पुलसमेत संचालनमा आएपनि मोटरेबल पुल निर्माणका
लागि दुवै जिल्लाका बासिन्दाले लामो समयदेखि माग गर्दै आएका थिए ।
