Correspondent, ParbatNepal
6 years ago
1422
चैत्र २, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जागरण
अभियान शुरु भएको छ । बिश्वभर माहामारीको रुपमा फैलिएको कोरोना बिरुद्ध सचेतना
फैलाउँदै अभियान शुरु भएको हो । पार्टीको तीन महिने अभियान कुस्माबजारमा सचेतना
कार्यक्रम सहित शनिबार कुस्माबाजरबाट शुरु भएको हो ।
नेकपाका केन्द्रिय
सदस्य तथा पर्वत जिल्ला इन्र्चाज गुप्तबहादुर र जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभाका
सदस्य पदम गिरी, जिल्ला सचिव सुदिप
कुवँरु, नेकपा कुश्मा नगरपालिका
अध्यक्ष शंकर गिरी सहितको टोलीले पर्वतको सदरमुकाम कुश्मा बजारमा घरदैलोमा पुगेर
कोरोनाका बारेमा सतर्कता अपनाउन आग्रह गरेको थियो ।
जागरण अभियानको शुभारम्भ कार्यक्रममा कोरोना भाइरसबाट जोगिने उपायहरु सहितको प्रचार सामाग्री घरघर, यातयातका साधनमा समेत पुगेर बितरण गरिएको थियो । स्थानीयबासीलाई हालसम्म कोरोना भाइरस नेपालमा नआएको भए पनि नेपाल उच्च जोखिममा रहेको हुँदा त्यसबाट बच्न अलबम्बन गर्नुपर्ने उपायहरुको बारेमा सो अवसरमा नेता र कार्यकर्ताहरुले सचेत गराएका थिए । पार्टीले ३ महिने जागरण अभियान सञ्चालनको शुरुवात गरेको छ । अभियान अन्तर्गत ठूला सभा, सम्मेलन र आमसभाहरु नगर्ने निर्णय गरेका कारण अभियानको शुरुवात जनचेतनामूलक कार्यक्रमको आयोजना गरेर गरिएको पार्टीका केन्दिय सदस्य गुप्त हमालले जानकारी दिनुभयो । जिल्ला अध्यक्ष तथा साँसद गिरीले माहामारीको रुपमा फैलनु अगावै सबैले सचेतना अपनाउन जरुरी भएको बताउँदै नआत्तिन पनि आग्रह गर्नुभयो ।
