Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1439




एनआरएनए बेल्जियमको सल्लाहकार सदस्यमा पर्वतका ४ जना मनोनित
एनआरएनए बेल्जियमको सल्लाहकार सदस्यमा पर्वतका ४ जना मनोनित

बेल्जियमगैर आवसिय नेपाली संघ (एनआरएनए) बेल्जियमको सल्लाहकार समिति सदस्यमा पर्वतका चार जना मनोनित हुनुभएको छ । पर्वत जिल्लामा जन्मिएर बेल्जियम बस्दै आउनु भएका झलक केसी, भिम जोशी, प्रकाश पौडेल र दुर्गा गुरुङलाई एनआरएनए बेल्जियमको सल्लाहकार समिति सदस्यमा मनोनित हुनुभएको हो । बेल्जियममा व्यवसाय सँगै बेल्जियमको नेपाली समाजमा राम्रो उपस्थिती जनाउन सफल चार जना व्यक्तिलाई सदस्यमा मनोनित गरिएको एनआरएन बेल्जियमले जनाएको छ ।

 

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमका अध्यक्ष चित्र सुवेदीको अध्यक्षतामा बसेको बैठकले उहाहरुलाई एनआरएनए बेल्जियमको सल्लाहकार समिति सदस्यमा मनोनीत गरेको हो । मनोनीत हुनुभएका मध्य झलक केसी पर्वतको जलजला गाउँपालिका८ नाग्लिवाङमा जन्मिनुभएका बेल्जियमका  सफल युवा व्यवसायी हुनुहुन्छ । सामजिक सेवामा समेत सक्रिय केसी अन्तराष्ट्रिय पर्वत समाजका बरिष्ठ उपाध्याक्ष हुनुहुन्छ । पर्वतको कुश्मामा जन्मिनुभएका भिम जोशी रोशन  पर्वत समाज बेल्जियमका अध्यक्ष हुनुहुन्छ । सामजिक कार्यमा सक्रिय जोशी बेल्जियमका सफल व्यवसायी मध्येमा एक हुनुहुन्छ । त्यस्तै सल्लाहकारमा मनोनीत हुन भएका पर्वतका प्रकाश पौडेल अन्तराष्ट्रिय पर्वत समाजका सचिव हुनुहुन्छ ।  बेल्जियममा जुगारु अनि सक्रिय महिला सँगै तमु समाज बेल्जियम का अध्यक्ष समेत रहनु भएकी पर्वतकी दुर्गा गुरुङ पनि सल्लाहकार सदस्यमा चयन हुनुभएको छ । गुरुङ लामो समयदेखी बेल्जियममा व्यवसाय गदै आउनु भएको छ ।

 

गैर आवासीय नेपाली संघ बेल्जियममा सधै पर्वतेको सक्रिय भुमिका रहँदै आएको छ । पर्वतेहरुको सक्रियाता र क्रियाशिलताको आधारमा उनीहरुलाई चयन गरिएको बुझिएको छ । एनआरएनए बेल्जियममा पर्वतका धेरै व्यक्तिहरु पदाधिकारीमा हुनुहुन्छ । अहिले पनि वर्तमान कार्य समितीमा आईसीसी सदस्य सुभाष जोशी सन्तोष, उपाध्यक्षमा खड्क के सी, सचिवमा दिपक न्यौपाने र सदस्य शुभाष भट्ट निर्वाचित भई सक्नु भएको छ , भने खड्क के सी आगामी नेतृत्वको सशक्त दाबेदार हुनुहुन्छ ।  बेल्जियमको नेपाली समाजमा सामाजिक जातिय बैचारिक संघ संस्थामा पनि पर्बतेहरूले सफल नेतृत्वदायी भुमिका निर्बाह गदै आउनु भएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)