Correspondent, ParbatNepal
6 years ago
1266
चैत्र ५, पर्वत । पर्वतमा बिहीवारदेखि शुरु हुने एसईई परिक्षाको सवैजसो तयारी पुरा भएको छ । एसईई परिक्षाका लागि यस वर्ष १९ वटा परिक्षा केन्द्र तोकिएको छ । यस वर्ष पर्वतवाट २ हजार ६ सय ८० जना विद्यार्थी परिक्षामा सहभागि हुने भएका छन् । जस मध्ये छात्रा १३ सय ८६ जना रहेका छन् भने छात्रको संख्या १२ सय ९४ रहेको छ । ग्रेड बृद्धिका लागि पनि पर्वतमा ९१ जना विद्यार्थी सहभागि हुनेभ एका छन् । त्यसैगरी १९ जना केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष १८ जना परिचालन गरिने छ । त्यसैगरी हरेक दिन १ सय ३१ जना निरिक्षक खटिने छन् भने परिक्षा सहायक २७ जना खटिने भएका छन् । त्यस्तै परिचर ५२ जना हरेक परिक्षा केन्द्रमा १५ जनाको दरले ५३२ जना सुरक्षा कर्मि परिचालन गरिने जिल्ला शिक्षा तथा समन्वय ईकाई कार्यालयले जनाएको छ । परिक्षाको तयारी अन्तर्गत उत्तर पुस्तिका हरेक केन्द्रमा पुगिसकेका छन् भने प्रश्नपश्त्र नजिकको प्रहरी चौकीमा पुगेको पौडेलले बताउनुभयो ।
एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क
सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । बिहिवारदेखी सुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिईएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाखेरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी बैठकले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने र स्थानीय तहहरूमा स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको हो । विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट परीक्षार्थी प्रभावित हुन सक्ने भन्दै परीक्षा केन्द्रमा हेल्थ डेक्स स्थापना गर्न लागिएको हो । डेस्कमा भाइरसको लक्षण देखिएका विद्यार्थीले तुरून्तै जाँच गर्न सक्नेछन् । एसईई परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समन्वय समिति रहने व्यवस्था छ ।
