Correspondent, ParbatNepal
6 years ago
1196
चैत्र ५, पर्वत । माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ। बुधबार सरकारले एसईई
परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। विश्वभर फैलिएको कोरोना (कोभिड १९) भाइरसको
संक्रमण फैलने खतरालाई रोकथाम तथा नियन्त्रणका लागि एसईई स्थगित भएको
शिक्षामन्त्री गिरिराजमणी पोखरेलले
जानकारी दिए। चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुने एसईईमा प्रदेश
अनुसार फरकफरक प्रश्नपत्र छापिएको थियो ।
बिहीबार अर्थात् चैत ६ गतेदेखि तोकिएको परीक्षा अर्को निर्णय नभएसम्मका
निम्ति स्थगित भएको हो । एसईई परीक्षाका लागि देशभर १९९५ केन्द्र तोकिएको थियो ।
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको आह्वान
सरकारले अत्यावश्यक
कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन र मानिसहरु जमघट हुने सबै स्थानहरुसहित
शैक्षिक संस्थाहरुसमेत बन्द गर्न निर्देशन दिएको छ । कोरोना नियन्त्रणका लागि
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समिति बैठकले २५
जनाभन्दा बढी मानिस भेला नहुन, सार्वजनिक सवारी साधनमा सिट
क्षमतामा मात्र यात्रु ओसारप्रसार गराउन पनि निर्देशन दिएको छ । यस्तै युरोपका सबै
मुलुकहरु,
पश्चिम एसियालगायत खाडी मुलुकहरु इरान, टर्की, मलेसिया, जापानबाट आउने
र ती मुलुकका ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुहरुलाई शुक्रबार
मध्यरातदेखि लागुहुने गरी प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको छ ।
चैत मसान्त सम्म सबै शैशिक संस्थाहरु बन्द
सरकारका आजको बैठकले आगामी बैशाख १८ गते सम्मका लागि सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, डान्सबार, क्लब, म्युजियम, जिम, पौडी पोखरी र अन्य मरोरञ्जनस्थल पनि बन्द गर्ने प्रस्ताव गरेको छ ।पार्टी प्यालेस, मन्दिर, गुम्बा, मस्जिद र चर्च जस्ता धार्मिक र सार्वजनिकस्थलहरुमा उक्त संख्या भन्दा धेरै मान्छे जम्मा हुन नदिन गृह मन्त्रालयसहितलाई अनुगमनको जिम्मेवारी दिइएको छ ।
बैठकले छापा मारेर
जफत् गरिएको मास्कलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र साझा स्वास्थ्य सेवा
सहकारीमार्फत् वितरण गर्ने निर्णय पनि गरेको छ ।
।
