Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2721




पर्वतमा कोरोनाको त्रास : घरबाहिर ननिस्कन आग्रह
पर्वतमा कोरोनाको त्रास : घरबाहिर ननिस्कन  आग्रह

चैत्र ६, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र भिडभाड हुने ठाउँमा नजान आग्रह गरिएको छ । जिल्ला प्रशासनले आज एक विज्ञाप्ती जारि गदै कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गदै सम्पूर्ण जिल्लावासीहरुलाई स्वास्थ्य अवस्थावारे सचेत रहन, व्यक्तिगत सरसफाईमा ध्यान दिन, भिडभाडमा नजान, अत्यावश्यक काम बाहेक सकेसम्म घरभित्रै रहन तथा रोगथामका उपायहरु अवलम्वन गर्न र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न सर्वसाधारणलाई अपिल गरेको हो ।

 

चीनको हुवेई प्रान्तबाट सुरुवात भएको नोभल कोरोना भाइरस (कोभिड१९) हाल विश्वको १७३ मुलुकहरुमा फैलिइ भयानक रुप लिइसकेको छ,विज्ञाप्तीमा भनिएको छ । नेपाल लगायत विश्वभरि नै यसको उच्च जोखिम रहेको लेजाजोखा विश्व संगठनले समेत गरिसकेको छ । हालसम्म नेपालमा कसैलाई पनि यस रोगको संक्रमण नभएतापनि संकम्रणको सम्भावनालाई उच्च दुष्टिगत गरि संक्रमणको फैलावट घटाउन तथा जोखिम कम गर्न आजकै मितिदेखि कुनै पनि साना ठुला सभा सम्मेलन, बैठक भेला, गोष्ठी, सेमिनार भेटघाट, जमघट, सभासमारोह, महोत्सव लगायतका कार्यक्रम नगर्न र नगराउन सम्पूर्ण सरकारी निकाय नीजि क्षेत्र, गैरसरकारी क्षेत्र, उद्योग वइवसायी शैक्षिक प्रतिष्ठान, विद्यालय, क्याम्पस लगायत आम पर्वतवासी सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)