Correspondent, ParbatNepal
6 years ago
1806
चैत्र ६, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा अनौठो
सर्प देखिएको छ । कालो रङ, सेता धर्का र करिव ३ मिटर लामो सर्प अहिलेसम्म नदेखिएको
स्थानीयको भनाई छ । गतबर्ष पनि देखिएको सर्प अहिले फेरी देखिनथालेपछि स्थानीय
त्रसित बनेका छन् ।
साना र सामान्य खालका
सर्पमात्र देखिने गरेको पर्वतमा ठुलो पूजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत
आक्रमण गर्न थालेपछि स्थानीइवासी त्रसित बनेको स्थानीय नरवहादुर घर्ती थापाले
जानकारी दिनुभयो । गतबर्ष देखिनै बाटोको छेउछाउमा देखिने सर्प केही दिनदेखी
गाउँलेको घरघरमा पुग्न थालेको छ ।
बिषालु सर्प गाउँमा
भित्रिएपछि जुनसुकै बेला पनि मानिस र पशु चौपायालाई आक्रमण गर्नसक्ने खतरा बढेको
भन्दैस्थानीयले चिन्ता व्यक्त गरेका छन् । यसअघि यस्तै प्रजातिको सर्प पर्वतको
कुश्मा नगरपालिका–१० पिपलटारी स्थित सिमखेतमा पनि भेटिएको थियो ।
