Correspondent, ParbatNepal
6 years ago
1190
चैत्र ७,
पर्वत । आज विश्व मुख स्वास्थ्य दिवस ुयुनाइट फर माउथ हेल्थु अर्थात् मुख स्वास्थ्यका
लागि एकजुट भन्ने नाराका साथ मनाइँदैछ । मुखभित्रको स्वास्थ्यलाई जोड दिँदै यो दिवस
मनाउन थालिएको हो ।
स्पेनको
मड्रिडमा भएको डेन्टल काँग्रेसले हरेक वर्षका लागि नयाँ नारा बनाउने गर्दछ । हरेक वर्ष
मार्च २० तारिखमा यो दिवस मनाइँदै आइएको छ । मुखलाई स्वास्थ्यको दर्पण मानिन्छ । मान्छेको
मुखको स्वास्थलाई उसको व्यक्तित्वसँग जोडेर हेरिन्छ ।
पत्रु खाना,
चिसो, तातो जस्ता कुराले मुखको स्वास्थ्यमा असर गर्ने भएकोले त्यस्ता खानेकुरामा सजग
रहन डाक्टरले अनुरोध गरेका छन् । यस्तै आज अन्तर्राष्ट्रिय खुसी दिवस पनि हो । ुह्याप्पिनेस
फर अल, टुगेदरु अर्थात् सबैका लागि खुसी, सँगै भन्ने नाराका साथ यो दिवस मनाइँदै छ
।
खुसी आफैभित्र
छ, कुनै वस्तु या परिस्थितिले बाध्यकारी नबनाउने मानव जीवनको यो अपरिहार्य कुरालाई
महत्व दिँदै सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो ।
