Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1284




सरकारको लक्ष्यलाई बेवास्ता गदै पर्वतका सामुदायिक विद्यालय
सरकारको लक्ष्यलाई बेवास्ता गदै पर्वतका सामुदायिक विद्यालय

चैत्र ७, पर्वत ।  सामूदायिक बिद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने सरकारको लक्ष्य भएपनि पर्वतका सामूदायिक विद्यालय भने प्रविधिमैत्री बन्न सकेका छैनन । सरकारले अनुदान कम्प्यूटर ल्याव र पुस्तकालय स्थापनाका लागि अनुदान दिएको भएपनि उपयोग हुन नसकेको गुनासो प्रसस्त सुनिन थालेका छन् । पर्वतका अधिकाँश विद्यालयको कम्प्यूटर ल्याव र पुस्तकालय व्यवस्थित हुन नसकेको अभिभावकहरु गुनासो गर्छन । शिक्षाका कर्मचारीहरु पनि यो कुरा स्विकार्छन ।

 

बिद्यालयमा सरकारी निकाय र दाताहरुले दिएका कम्प्यूटरहरु कतै पर्दाले ढाकेर राखिएको छ भने कतै ढोका थुनेर राखिएको छ । कतिपय विद्यालयमा विद्यालयको प्रसासनिक काममा प्रयोग भएपनि विद्यार्थीहरुले प्रयोग नै गर्न पाउँदैनन् । कम्प्यूटहरु शिक्षकहरुले फेसबुक चलाउन र गेम खेल्न मात्रै प्रयोग गर्दै आएको एक विद्यालयका विद्यार्थीहरुले गुनासो गरे । दक्ष जनशक्ति नहुनु , शिक्षकहरुमा इृच्छाशक्ति नहुनु र विद्यालय प्रसासनको वेवास्ताका कारण विद्यालयमा कम्प्यूटर र पुस्तकालय बेकामे बनेका हुन् । सरकारले विद्यालयलाई स्मार्ट कक्षाको रुपमा रुपान्तरण गर्न चाहान्छ ।

 

कम्प्यूटर ल्याव र पुस्तकालयका लागि संघिय, प्रदेश र स्थानीय सरकारले सहयोग गरिरहेका छन् । उक्त सहयोग उपयोग हुन नसकिरहेको अवस्था छ । कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रवहादुर क्षेत्रीले विद्यालयमा स्थापित ल्यावहरु उपयोग नहुँदा गुणस्तरिय शिक्षाको उदेश्य प्ुरा हुन नसकेको बताउनुहुन्छ । कुश्मा नगरपालिका भित्रका केही विद्यालयमा प्रभावकारी रुपमा उपयोग भएपनि कतिपयमा प्रयोगविहिन भएको क्षेत्रीले वताउनुभयो ।   

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)