Correspondent, ParbatNepal
6 years ago
1273
चैत्र ७, पर्वत ।
कुश्मास्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा प्रध्यापक र कर्मचारीले क्याम्पस
प्रशासनमा लगाएको ताला खुलेको छ । गुप्तेश्वर बहुमुखी क्याम्पसमा कार्यरत सम्पूर्ण
प्राध्यापक र कर्मचारीहरुले आफ्ना सेवासुविधा देखि क्याम्पसका हरेक गतिविधीहरु
प्रक्रियागत रुपमा संचालन गर्नुपर्ने माग सहित
चैत्र ३ गते तालाबन्दी गरेका थिए ।
क्याम्पस प्रशासनले माग पुरा गर्ने सहमति जनाएपछि शुक्रवार ताला खुलेको वार्ता टोलीका संयोजक एवम् प्राध्यापक संघका सभापति दिपेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार प्रशासनिक, शैक्षिक, आर्थिक एंव भौतिक विकास गरि १ बर्ष भित्रमा क्युए प्रमाणपत्र प्राप्त गर्ने सहमती भएको छ ।
साथै क्याम्पसले शिक्षकहरुको ९ महिनादेखी बाँकी रहेको तलव भुक्तानी गर्ने, तलव नेपाल सरकारले निर्णय गरे बमोजिम हुनुपर्ने, रित पुगेका सम्पूर्ण प्रध्यापक तथा कर्मचारीहरुलाई पदोन्न्ति स्थायी, करार तथा फिक्स गर्नुपर्ने, आंशिक प्रध्यापकहरुको सेवा सुविधामा एकरुपता हुनुपर्ने, स्थायी प्रध्इापक तथा कमचारीहरु अनिवार्य तथा स्वच्छिक अवकाश लिएमा उहाँहरुको अवकाश हुँदाको मितिमा रहेको तलव स्लेन अनुसार सेजा सुविधा प्रदान गर्ने, क्याम्पस चिफ र सहयक क्याम्पस चिफहरुलाई सेवा सुविधा थप गर्नुपर्ने, संञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु हरेक दिन फालैपालो आउनुपर्ने, क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुखहरु स्थानीय देखी संघिय तहसम्म आर्थिक श्रोतको खोजिमा खटिनुपर्ने, लाईव्रेरिलाई भौतिक पुनः संरचना सहित ई–लाईव्रेरिमा रुपान्तरित गरि संचालन गर्ने सहमति भएपछि ताला खोलिएको न्यौपानेले बताउनु भयो ।
तालबन्दी पछि सोमबारदेखि क्याम्पसका सम्पूर्ण प्रशासनिक कार्य प्रभावित बनेका थिए । तालाबन्दी गरेपनि प्राध्यापकहरुले अध्यापन कार्य भने रोकेका थिएनन ।
