Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1385




पर्वतमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्य, दुई जना गम्भीर घाईते
पर्वतमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्य, दुई जना गम्भीर  घाईते

चैत्र ८, पर्वत । पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गरेको छ । दुर्घटनामा दुईजना घाईते भएका छन् । पर्वतको कुश्मा नगरपालिका– ३ दुर्लुङबाट मोदी गाउँपालिका– ४ क्याङतर्फ जाँदै गरेको ट्याक्टर शुक्रवार राती मेक्सार गाउँमा दुर्घटना भएको हो । 

मृत्यु हुनेमा ट्याक्टरमा सवार मोदी–४ लेस्पारका २६ वर्षिय बमबहादुर पुन रहेका छन् । त्यसैगरी घाईते हुनेमा सोहि ठाउँका बिजय पुन र प्रकाश पुन रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिनुभयो ।

दुवै जना घाईतेको पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घाईतेहरुको  अवस्था गम्भीर रहेको छ । ध १ प ४९९ नम्वरको उक्त ट्याक्टर अनियन्त्रीत भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।

मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)