Correspondent, ParbatNepal
6 years ago
1736
चैत्र ८, पर्वत । नेपाल प्रहरी असई पोष्टमा रहेर तालिम लिँदै गरेका १ सय २५ जनाले बन्जी जम्प गरेका छन् । राष्ट्रसेवाको क्रममा उद्दार लगायतका कार्य गर्दा सहासिक गतिविधिमा संलग्न हुनुपर्ने भएकाले तालिम अन्तर्गत बन्जी गराइएको हो । बन्जीले डरसँग लडी अगाडि बढ्न आत्मबल बढाउँने भएकाले तालिममै बन्जी जम्प समावेश गराएको हो ।
कुश्मा–बलेवा पुलमा निर्माणाधिन बन्जी जम्पको सफल परिक्षण गरिए संगै बन्जी गर्नेहरुको पनि भिड लाग्न थालेको छ । बन्जीको निर्माण कम्पनी द क्लिफ प्रालिका अध्यक्ष एवं मुख्य लगानीकर्ता राजु कार्कीले गत माघ १६ गते सफल परिक्षण गरेका थिए । कालीगण्डकी नदिमाथि करिव साढे दुई सय मिटर माथिबाट डोरीमा हाम फालेर परिक्षण गरे सगै बन्जी गर्नेहरु नियमित सम्पर्कमा आईरहेका छन् । परिक्षण सम्पन्न गरीए पनि ब्यवसायिक रुपमा बैशाख १ गतेबाट बन्जीको शुरुवात गर्न तयारी भईरहेको छ ।
नेपाल पुलिसको असई पोष्टमा रहेका १ सय २५ जनाले कमाण्डर तालिमको लागि बन्जी गरेको लगानी कर्ता युवराज जोशिले बताउनुभयो । उहाँका अनुसार सबै असई पोष्टका रहेका छन् भने उनिहरु देशभरीबाट छनोटमा परी आएका हुन । उहाँले बन्जीमा सहभागि सबैलाई आज मात्रै बन्जी गराउन नसकिने र भोली र पर्सिको प्याकेजमा सबैले बन्जी गर्ने जानकारी दिनुभयो ।
युवा ब्यवसायी कार्कीको अगुवाईमा कुश्माका स्थानीय युवाहरु सहित करिव २० करोड लगानीमा बन्जी जम्प शुरु भएको हो । यो बन्जी विश्वकै दोस्रो अग्लो बन्जीको रुपमा दावी समेत गरीएको छ । कालीगण्डकीको खोंचमाथि ५सय २५ मिटर लामो स्टीलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट झण्डै साढे २ सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेछ ।
उक्त बन्जीमा कार्की र पर्वतका युवा व्यवसायिहरु समेतगरि ११ जनाको लगानी रहेको छ । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २सय २८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरि व्यवसायीले लगानी गरेका हुन् । बन्जीमा कार्कीसहित कुश्माका युवराज जोशी, नेत्र पराजुली, नवराज पौडेल, राजन जोशी लगायतको लगानी छ ।
