Correspondent, ParbatNepal
6 years ago
1340
चैत्र ११, पर्वत । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण न्यूनिकरणका
लागि पर्वतमा आज विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासन ऐन
२०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । अब कोहिपनि नागरिक
अत्यावश्यक नभएसम्म घर वाहिर निस्कन पाउने छैनन् ।
लक डाउनमा के के गर्न
पाइन्छ,
के गर्न पाइदैन हेरौ
· – औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर
ननिस्कने ।
· – अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
· – अति आवश्यक खाद्यान्न सामाग्री, दैनिक उपभोग्य वस्तुहरु, दुध, तरकारी, फलफुल, औषधि तथा स्वास्थ्य उपकरण सम्बन्धी पसल, पेट्रोलियम पदार्थ बिक्री वितरणलाई नियमित अनिवार्य गर्ने साथै अन्य पसलहरू बन्द गर्ने ।
· – स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध,
विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला
व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक जिल्लास्थित अन्य सरकारी कार्यालय
सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु उपस्थित हुने गरी कार्यालयहरु बन्द गर्न
कार्यालय प्रमुखहरुलाई निर्देशन दिइएको छ। साथै निजी क्षेत्रबाट सञ्चालित अन्य
उद्योग,
कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई विदा
दिन सम्बन्धित उद्योगलाई निर्देशन दिइएको छ ।
· – व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गरिने छ
· – आम मानिसमा डर, त्रास सिर्जना गर्ने वा आतंकित तुल्याउने गरी सामाजिक संजाल तथा अन्य माध्यमहरुमा भ्रामक सुचना एवं समाचार प्रचार प्रसार गरेको भेटिएमा कानूनी दायरामा ल्याइने छ ।
· – सञ्चारकर्मीको हकमा सूचना संकलनका लागि आवतजावत गर्न सूचना तथा प्रसारण विभागले जारी गरेको प्रेस पासलाई मान्यता दिइने छ ।
