Correspondent, ParbatNepal
6 years ago
1261
चैत्र १२, पर्वत । नेपाल
टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन मोवाईल सेवाको रिचार्जमा शत
प्रतिशत वोनसको व्यवस्था गरेको छ ।
नेपाल टेलिकमले कोरोना
भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउन
सन्दर्भमा त्यस्तो व्यवस्था गरेको हो र त्यसतो व्यवस्था चैत्र १३ गतेदेखि ७ दिनको
लागि लागू हुने नेपाल टेलिकमले जनाएको छ ।
वोनसको व्यवस्था अनुसार
नेपाल टेलिकमको GSM तथा CDMA को प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा
एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त
हुनेछ । यसरी प्राप्त गरेको वोनस रकमबाट Pay-as-you-go (प्याकेज बाहेकको दररेट) अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा
डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा
प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन ।
रिचार्ज कार्ड प्रयोग गरी रु। ५० र रु। १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु। २०० र रु। ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । त्यसैगरी रु। १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्ने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनु भयो ।
