Correspondent, ParbatNepal
6 years ago
1143
चैत्र १३, पर्वत । अति आवश्यक बैँकिङ तथा वित्तीय संस्था आजदेखि आङ्शिक रूपमा खुलेका छन् । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि आजबाट बैँक नगद कारोबारका लागि खुलेका हुन् ।
बैँकका सीमित शाखामा बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म मात्रै कारोबार गर्न भनिएको राष्ट्र बैकका प्रवक्ता गुणाकर भट्टले सीआइएनसँग बताउनुभयो । बैँक बन्द हुँदा नागरिकलाई नगदको समस्या पर्न थालेपछि नेपाल राष्ट्र बैँकले समेत बैँकलाई नगद अभाव हुन नदिने प्रबन्ध मिलाउन निर्देशन दिएको थियो ।
उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको
नेतृत्वमा रहेको उच्चस्तरीय समितिले हिजो अति आवश्यक बैँकिङ सेवा गृह मन्त्रालय र अर्थ
मन्त्रालयको समन्वयमा सुचारु गर्न निर्देशन दिएको थियो । राष्ट्र बैँकले सकेसम्म विद्युतीय
माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएको छ ।
