Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1362




कुश्मा नगरपालिकाले स्वाथ्यकर्मीलाई दियो पिपिई सेट र माक्स
कुश्मा नगरपालिकाले स्वाथ्यकर्मीलाई दियो पिपिई सेट र माक्स

चैत्र १४, पर्वत कोरोना भाइरसको रोकथामका लागि जिल्लामा बिभिन्न प्रयास भइरहे पनि उक्त सङ्क्रमण भएका बिरामीलाइ जाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभावका कारण चिकित्सकलाई समस्या भएको खवर आईरहेका बेला  पर्वतको कुश्मा नगरपालिकाले कोरोना भाईरस संक्रमितको जाँच उपचारका लागि चिकित्सकले प्रयोग गर्ने प्रसोनल प्रोटेक्ट इक्यूपमेण्ट पिपिई उपलब्ध गराएको नगर प्रमुख रामचन्द्र जोशीले चौधरी ग्रुप संग समन्वय गरि ल्याउनुभएका १२ थान पिपिई मास्क पर्वत अस्पतालका चिकित्सक अस्थाई कोरोना अस्पतालमा खटिएका चिकित्सकलाई वितरण गरिएको हो

 

नगरप्रमुख जोशीले मगाएका सामाग्री आएपछि अव चिकित्सकहरुलाई संक्रमितहरुको उपचारमा सहज हुने भएको अहिले सम्म पिपिईको अभावले डाक्टरहरुले टाढै बाट विरामीहरुलाई हेरेर जाँच गर्ने औषधी दिने गरेका थिए देश भर पिपिईको अभाव प्रदेश सरकार संग माग गर्दा पनि पाउन मुस्किल भैरहेको थियो चिकित्सकहरुको माग अनुसार उपलब्ध भएका स्वास्थ्य उपकरणहरु आज प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल मार्फत चिकित्सकको जिम्मा लगाइएको

 

 जिल्लामा सर्वसाधारणलाई वितरण गर्न केहि मास्क समेत चौधरी ग्रुप मार्फत प्राप्त भएको नगरप्रमुख जोशीले जानकारी दिनुभएको   

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)