Correspondent, ParbatNepal
6 years ago
2410
चैत्र १४,
पर्वत । नोबेल कोरोना भाइरसलाई लक्षित गदै नेपाल विद्यार्थी संघ ईकाई कार्यसमिति हिमालय
मावि कुश्मा नगरपालिका–२ खुर्कोटले
निशुल्क माक्स सँगै साबुन वितरण गरेको छ ।
नेवि संघ
खुर्कोटका अध्यक्ष विवेक गिरी, सचिव नोदराज रेग्मी अनिल र सहसचिव विमल पौडेलले स्थानीयको
घरमा पुगेर ५ सय वटा माक्स र १ सय वटा सावुन वितरण गरेका हुन् ।
मास्क वितरण
पछि सभापति गिरीले विश्वमा नै कारोना भाइरसको जोखिम बढ्दै जाँदा नेपालमा पनि यसको प्रभाव
पर्न सक्ने भन्दै त्यसको पूर्व तयारीका लागि नेवि संघले मास्क वितरण गरेको बताए । उनले
अब सवैले आफ्ँले सावधानी अपनाउनुपर्ने बताए ।
माक्स र साबुन पाएपछि स्थानीयले खुशी व्यक्त गरेका थिए । बजारमा मास्कको संकट भएकाबेला नेवि संघले वितरण गरेको मास्क अभियान राम्रो भएको स्थानीय विकास पौडेलले बताए ।
