Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1662




अवैधरुपमा उत्खनन गर्ने पक्राउ
अवैधरुपमा उत्खनन गर्ने पक्राउ


रोशन तिवारी माघ ३ पर्वत -


कालीगण्डकी नदीमा अवैध रुपमा निर्माण सामाग्री उत्खनन गर्ने समूहलाई प्रहरीले पक्रेको छ । विहिवार कुश्मा नगरपालिका २ सहस्राधारा स्थित नदीको तटमा वालुवा निकालिरहेको अवस्थामा  ट्रिपर , स्काईभेटर र चालकहरु सहित नियन्त्रणमा लिइएको छ । 


पक्राउ पर्नेमा ग १ क ३३३० नम्वरको टिप्पर सहित धादिङको निलकण्ठ नगरपालिका वडा नम्वर १  का रामकृष्ण गुरुङ र नम्वर नखुलेको स्काईभेटरका चालक सर्लाही ईसरपुर नगरपालिका वडा नम्वर ८ का रन्जित चौधरीलाई नियन्त्रणमा लिईएको छ । 


प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागी चालकहरु र टिप्परलाई जिल्ला समन्वय समितिको कार्यालय पर्वतमा पठाएको छ । कालीगण्डकीमा स्काइभेटर प्रयोग गरि उत्खनन गर्न पाईँदैन । तर स्काईभेटर प्रयोग हुने गरेको छ । त्यस्तै खोलाको धार नै परिवर्तन गराएर समेत जथाभावी रुपमा उत्खनन हुने गरेको पाइएको छ ।  


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)