Correspondent, ParbatNepal
6 years ago
1140
चैत्र १७, पर्वत । पर्वतमा
डाक्टरको सुरक्षाको लागि ५० थान पिपिइ उपलव्ध भएको छ । कोरोना उपचारका लागि आवश्यक
सुरक्षा कबजका सामाग्रीहरु पर्वत अस्पतालमा आइपुगेको जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले
जानकारी दिनुभयो ।
संक्रमणको सम्भावना
भएकाहरुको स्वाब परिक्षणका लागि ¥याल निकाल्नका लागि पिपिइको अभाव हुँदै आएको थियो ।
संक्रमणको सम्भावना भएको कोरोना अस्पतालमा भर्ना भएकाहरुलाई उपचार गर्न समेत
सुरक्षणका साधन नहु्ँदा चिकित्सकले समस्या वेहोर्दै आइरहेका थिए ।
५० थान पिपिइ यथेष्ट नभए
पनि हालका लागि केहि राहत मिलेको प्रमुख डा. देवकोटाले बताउनु भयो । कोरोना
अस्पतालका लागि बाँकी इक्यूमेण्टहरुको भने अभाव रहदै आएको छ । भेन्टिलेटर खरिद
प्रक्रिया रोखिएको छ । अक्सिजन र अरु सामग्रीहरु समेत खरिद गर्न आर्थिक समस्या
परेको बताइन्छ । स्थानीय तहहरुले यथेष्ट रकम विनियोजन गर्न नसक्दा कोरोना
अस्पताललाई सुविधासम्पन्न बनाउन समस्या भइरहेको चिकित्सकहरु बताउँछन ।
