Correspondent, ParbatNepal
6 years ago
1208
चैत्र १८, पर्वत । कोरोना
भाइरस ९कोभिड १९०को सम्भावित संक्रमण रोक्नका गरिएको लक डाउनका कारण दुई छाक टार्न
समेत समस्यामा परेका व्यक्तिकालागि गण्डकी प्रदेश सरकारले राहतको घोषणा गरेको छ ।
गण्डकी प्रदेश सरकारको बसेको बैठकले दैनिक ज्यालादारी गरेर जीवन गुजारा गरेकाहरु
लकडाउनको अवधीमा समस्यामा परेकाले उनीहरुलाई राहतको घोषणा गरेको हो ।
प्रदेश सरकारले स्थानीय
तहको समन्वयमा त्यस्ता व्यक्तिहरुको लगत संकलन गरी दैनिक उपभोग्य वस्तु प्रदान
गर्नेगरी बजेट व्यवस्थापन गरेको छ । गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण
बस्नेतले ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई दैनिक उपभोग्य वस्तु उपलब्ध
गराउँनका लागि ६ करोड ५० लाख रुपियाँ वितरण गर्ने मन्त्रीपरिषदले निर्णय गरेको
जानकारी दिनुभयो ।
मन्त्री बस्नेतका अनुसार प्रदेश सरकारले प्रदेश भित्र रहेको महानगरपालिकालाई एक करोड, २६ वटा नगरपालिकालाई १०र१० लाख र ५८ वटा गाउँपालिकालाई ५ र ५ लाख रुपियाँ प्रदान गर्नेछ । स्थानीय तहले प्राप्त गरेको रकम दैनिक दैनिक ज्यालादारी मात्र आफ्नो जीवन निर्वाहको उपाय रहेका व्यक्तिहरुको लगत संकलन गरी उनीहरुलाई जिन्सी सामान उपलब्ध गराउँनेछन् ।
