Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
1225
कोरोना भाइरस जाँच अब पोखराबाट
चैत्र १८, पर्वत । कोरोना भाइरस ९कोभिड–१९० जाँच गर्ने मेसिन पोखरा आईपुगेको छ । मंगलबार बिहान हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त मेसिन झारिएको हो ।
पोर्टेबल आरटी पिसिआर (Portable RT-PCR) नामको यो मेसिनले ३ घण्टामै कोरोना भाइरस जाँच गर्न सक्नेछ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बुद्धि थापाका अनुसार अहिले मेसिन प्रयोगशालमा जडानको काम भइरहेको छ ।
सम्भवत यो मेसिनले आजैदेखि कोरोना भाइरसको टेस्ट सुरु गर्नेछ ।मेसिन सहित विज्ञहरुको टोली पनि पोखरा आईपुगेको उपकुलपति थापाले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2393
सम्बन्धित समाचार ( मुख्य खबर)
