Correspondent, ParbatNepal
8 years ago
1912
रोशन तिवारी माघ ३ पर्वत- पर्वत सदरमुकाम कुश्माको शिवालय माविमा पढ्ने दृष्टिविहिन र विपन्न वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । ग्लोवल वैँक कुश्मा शाखाले विद्यालयका ३४ जना वालवालिकाहरुलाई वुधबार न्यानो कपडा वितरण गरेको हो । वैँक स्थापनाको ११ औँ वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको वैँकले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. विश्वकर्मा र ग्लोवल आईएमइ वैँक कुश्मा शाखाका प्रवन्धक गोविन्दप्रसाद आचार्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहेका विश्वकर्माले विपन्न आर्थिक क्षेत्रमा काम गर्ने संस्थाले सामाजिक क्षेत्रमा समेत सहयोग गरेकोमा प्रसंसा गरे । उनले गरिवी निवारणका लागि गाउँ गाउँमा पनि वैँक र वित्तिय संस्था पुग्नुपर्नेमा जोड दिए ।
वैँकको सहयोग प्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले धन्यवाद ज्ञापन गरेका छन् । उनले विभिन्न संघसंस्थाहरुले विद्यालयलाई सहयोग गर्दै आएको स्मरण गर्दै सहयोगदाताहरुलाई आभार व्यक्त गरे । कार्यक्रममा शिवालय वहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडी, कुश्मा नगरपालिका ६ का वडाध्यक्ष रुद्र गिरीले पनि वोलेका थिए । कार्यक्रमको स्वागत शिवालय माविका प्रअ भुपेन्द्र चपागाईले गरेका थिए
