Correspondent, ParbatNepal
6 years ago
1234
चैत २३ पर्वत । बिदेशबाट फर्किएका मानिसहरुमा कोरोनाको संक्रमण देखिन थालेपछि पर्वतमा चैत १ गतेदेखि भित्रिएका सबैको थ्रोट स्वाव परिक्षण हुने भएको छ । बिदेशबाट फर्किएर होम क्वारेण्टाईनमा बसेका सबै जनाको थ्रोट स्वाव परिक्षण गर्ने तयारी भएको पर्वत अस्पतालले जनाएको छ । भारत बाहेक अन्यत्र मुलुकहरुबाट आउनेको संख्या १ सय ३ जना रहेको छ भने भारतबाट २ सय १३ जना आएका छन ।
स्थानीय तहहरुले उपलब्ध गराएको विवरण अनुसार बिदेशबाट फिरेकाहरुले आजबाट स्वाव संकलनको काम शुरु भएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा भारत बाहेक तेस्रो मुलुकबाट फर्किएकाहरुको स्वाव संकलन गर्ने तयारी भैरहेको देवकोटाले बताउनुभयो ।
बिदेशबाट फर्केपछि परिवार र कतिपय अबस्थामा समाजमा समेत घुलमिल गरेको पाइएकोले सबैको परिक्षण गर्दा ढुक्क हुने स्थिती बन्ने डा. देवकोटाले बताउनुभएको छ । पहिलो चरणमा कुश्मा नगरपालिकामा स्वाव संकलन गरि क्रमश फलेवास, विहादी, महाशिला, मोदी, जलजला, पैयुँमा स्वाव संकलनको काम हुने भएको छ ।
बिदेशबाट फर्केकालाई राख्नका लागि पर्वत जिल्लाभर स्थानिय तहले ३ सय ६३ बेड का क्वारेन्टाईन बनाएका छन । तर, क्वारेण्टाईनमा बस्नेको संख्या ५ मात्रै छ ।
