Correspondent, ParbatNepal
6 years ago
1718
चैत्र २३, पर्वत । पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा स्थपित ‘सातकुरिया फलेवास बौद्धिक युथ सोसाईटी’ले विपन्न तथा मजदुरका परिवारहरुको सहयोगार्थ
२५ हजार ७ रुपैया आर्थिक सहयोग गरेको छ । फलेवास नगरपालिकाले स्थापना गरेको
विपद कोषमा सोसाईटीले उक्त रकम सहयोग गरेको हो । २५ हजार ७ रुपैयाँ बरावरको चेक आज
नगरपालिका प्रमुख पदमपाणि शर्मालाई हस्तान्तरण गरिएको छ ।
‘विश्वव्यापी महामारीको
रुपमा फैलिएको नोबेल कोरोना भाईरका कारण लामो समय मुलुक लकडाउनको अवस्थामा छ, दैनिक ज्याला मजदुर गरेर खाने परिवारलाई समस्यामा परेका छन्,’ सोसाईटीका संयोजक विनोद पौडेलले भने– ‘यो बेला विपन्न तथा मजदुरका परिवारहरु थोरै भएपनि राहत पुगोस भन्ने हेतुले रकम
सहयोग गरेको हो ।’ ‘कर्म गरौ सबै ठाँउमा, केही गरौ आफ्नै गाउँमा’ भन्ने मूल मन्त्रका साथ स्थापना भएको सातकुरिया
फलेबास बौद्धिक युथ सोसाइटी विभिन्न सामाजिक काम गदै आएको उनले बताए ।
सोसाईटीमा हाल २७ जना सदस्य रहेका छन् । यस संस्थाले आगामी दिनहरूमा पनि फलेबास क्षेत्रमा विभिन्न सामाजिक काम गर्ने जनाएको छ । संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत उक्त रकम जम्मा गरेको सोसाईटीका सदस्य विज्ञान शर्माले जानकारी दिए । सोसाईटीले सामजिक कार्य गदै आएकाले आगामी दिनमा नगरपालिका सँग समन्वय गरेर थुप्रै सामजिक कार्यलाई पूर्णता दिने शर्माले बताए ।
उक्त सहयोग ग्रहण
गर्दै नगरप्रमुख शर्माले विपन्न, र मजदुर तथा गरिब परिवारहरु
लामो समयको लकडाउनका कारण समस्यामा परको बताउँदै उनिहरुलाई पारदर्शि ढंगवाट राहत
वितरण गरिने बताए । उनले सहयोग गर्ने संस्थालाई धन्यवाद समेत व्यक्त गरे ।
फलेवास नगरपालिकाले रु
३५ लाखको विपद कोष स्थापना गरेको छ । उक्त कोषमा विभिन्न क्षेत्रवाट आर्थिक सहयोग
र खाद्यान्न संकलनको क्रम जारी रहेको छ ।
