Correspondent, ParbatNepal
6 years ago
1434
चैत्र २४, पर्वत । जिल्ला
प्रशासन कार्यालय पर्वतले लकडाउनलाई कडाई गरेको छ । लकडाउनको बेला सडकमा लखर लखर
डुल्ने क्रम नरोकिएपछि प्रहरीले उनीहरुलाई पक्रिएको छ । आज दिउँसो देखि प्रहरीले
चोकचोकमा डुल्ने ८ जनालाई र केहि सवारी साधानलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरी नायव उपरिक्षक
श्यामु अर्यालले अनावश्यक विभिन्न वाहना बनाएर बजारमा डुल्नेलाई प्रहरीले पक्रिएर
प्रशिक्षण दिन शुरु गरेको हो । कुश्मा बजारको लोकतान्त्रिक चोक, शिवालयचोक, दुर्लुङचोक, वडागाउँ, मेलमिलापोक
लगायतका स्थानमा मानिसहरुको हिँडडुल वाक्लिन थालेपछि प्रहरी सक्रिय भएको हो ।
दिउँसोको तुलनामा साँझको
समयमा चहलपहल वाक्लिने गरेको छ । गृहणीहरु तरकारी किन्न बजारमा आउने भएकाले सडकमा
हिँडडुल वाक्लिने गरेको छ । आवश्यक काम परेर हिँड्नेलाई भीडभाड नगरि गन्तव्य जान
सुझाएको अर्यालले बताउनुभयो । यता जिल्ला प्रसासन कार्यालयले सोमबार सुचना
प्रकाशित गर्दै सडकमा अनावश्यक रुपमा हिड्डुल नगर्न सचेत गराएको छ । कार्यालयले लक
डाउनको अबधीमा पनि बिहान र साँझ पख हिड्ने क्रम बढेकोले मर्निङ्ग र इभिनिङ्ग वाकमा
समेत रोक लगाएको छ ।
दिउँसो र साँझ बिहान समेत
सडकमा हिड्नेहरुलाई प्रहरीले पक्राउ गर्ने भएको छ । कार्यालयले बिदेशबाट चैत्र
महिना यता आएका मानिसहरु पनि घरमै क्वारेन्टाईनमा नबसी छिमेक र गाउँघरमा हिड्डुल
गरेको, भलिबल खेल्ने, समुह बनाएर एक्लै
हिड्ने गरेको पाइएकोले नजिकको स्थानिय तह र प्रहरीलाई खबर गर्न अनुरोध समेत गरेको
छ । यसरी हिडेको पाइएमा प्रचलित कानुन अनुसार कारवाहि गर्ने सुचनामा जनाइएको छ ।
