Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1330




पर्वतमा लकडाउन उल्लंघन गर्ने ११ जना सहित सवारीसाधन प्रहरीको नियन्त्रणमा
पर्वतमा लकडाउन उल्लंघन गर्ने ११ जना सहित सवारीसाधन प्रहरीको नियन्त्रणमा

चैत्र २४, पर्वत ।पर्वत–पर्वतमा लकडाउन उल्लंघन गर्ने ११ जना सहित केही सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार बिहानदेखी कुश्मा बजार सँगै अग्ला झोलुङगे पुलहरुवाट लकडाउनको उल्लघंन गर्ने ११ जना व्यक्ति सँगै ३ वटा मोटरसाईकल र ५ वटा अन्य सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले अवैध रुपमा ओसारपसार गरिरहेको मदिरा समेत नियन्त्रणमा लिएको छ । 


‘विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लागु गरेको लकडाउन उल्लंघन गर्ने व्यक्ति र सवारी साधान नियन्त्रणमा लिइसकेका छौँ,’ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाले भने ।


उनीहरुलाई नियन्त्रणमा लिएर कार्बाही समेत गरिसकेको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला बागलुङमा दुई जनामा कोरोना संक्रमण देखिए सँगै पर्वतमा लकडाउनलाई प्रभावकारी रुपमा अगाडी बढाउन प्रहरीले कार्बाही समेत शुरु गरेको हो ।  


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)