Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1392




लकडाउन उल्लघंन गर्नेलाई धमाधम प्रकाउ गदै प्रहरी
लकडाउन उल्लघंन गर्नेलाई धमाधम प्रकाउ गदै प्रहरी

चैत्र २८, पर्वत । जिल्ला प्रहरीले लकडाउन उल्लघंन गर्नेहरुलाई पक्राउ गर्न थालेको छ । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन झन कडा पार्ने निर्णय गरेसँगै पर्वतमा लकडाउन उल्ल्घंन गर्नेहरुलाई पक्राउ गर्न थालिएको हो ।

 

प्रहरीले सोमवार लकडाउन उल्ल्घंन गर्ने ११ जना सहित सवारी साधनलाई  नियन्त्रण लिएर कारर्बाही गरेको छ । त्यस्तै मंगलवार प्रहरीले ४ वटा सवारी साधनको चापी नियन्त्रणमा लिएको छ भने दुई थान भलिवल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाले बताए । अत्यावस्यक काम नपरेका मानिस भित्रै बसिदिनोस् भन्दा नटेरेपछि प्रकाउ गरेका हौं,’थापाले भने संक्रमण घटाउन पनि कडा रुपमा प्रस्तुत हुनुपरेको हो ।पक्राउ परेकालाई सम्झाईबुझाई घर पठाएको उनले बताए । पटक पटक दोहोरिएमा कानुन बमोजिम कार्वाही गछौँ ।  छिमेकी जिल्ला बागलुङमा दुई जनामा कोरोना संक्रमण देखिए सँगै थप सजगता अप्नाएको पर्वतमा प्रहरीले समेत कार्बाही गर्न शुरु गरेको हो ।


प्रहरीले आफ्नो सक्रियतालाई बढाउँदै लगेको छ ।लकडाउन उल्लघंन नगर्न गाउँगाउँमा समेत प्रहरी परिचालन गरेको प्रहरी निरिक्षक थापाले बताए । गाउँमा लकडाउन उल्लघंन गरेको जनगुनासो धेरै सुन्नमा आएको छ भन्ने प्रश्नमा उनले भने हामीले गाउँगाउँमा प्रहरी परिचालन गरेका छौँ, जिल्लावाट पनि हामी स्वयम् पुगेका छौँ, यदि कसैले लकडाउन उल्लघंन गर्छ भने प्रहरीको ०६७४२०१०० मा फोन गरेर जानकारी गराईदिन आग्रह गर्दछुु।यता जिल्ला प्रशासन कार्यालय पर्वतले समेट पटक पटक सूचना जारी गदै सर्वसाधारणका लागि सूचित गरिरहेको छ ।

प्रशासनले लकडाउनको अवधीमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । पर्वतमा विदेशबाट फर्किएकाहरुको कोरोना जाँचको नतिजा आउने क्रम शुरु भएको छ । जिल्लामा हालसम्म ३२ जनाको परिक्षण गरिएको छ । जसमध्ये २३ जनाको नेगेटिभ रिर्पोट आएको छ भने ९ जनाको रिर्पोट आउन बाँकी रहेको पर्वत अस्पतालले जनाएको छ ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)