Correspondent, ParbatNepal
6 years ago
1388
चैत्र २६, पर्वत । पर्वतको कुश्मा बजारमा संचालित
चौतारी सञ्चार सहकारी संस्था लिमिटेडले जिल्लामा रहेका ६ वटा रेडियोलाई आर्थिक
सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलिन नदिन संचारकर्मी र
संचारमाध्यमले खेलेको भूमिकाको उच्च प्रशंशा गदै पोत्साहन स्वरुप रकम वितरण गर्न
लागिएको सहकारीका अध्यक्ष केशवराज पुरीले जानकारी दिनभुयो । पुरीका अनुसार उक्त रकम जिल्लाकै उत्कृष्ठ रेडियो शालिग्राम, पञ्चासे एफएम, रेडियो कुशम,
रेडियो पर्बत, रेडियो समृद्ध र रेडियो दिदिबहिनीलाई ३ हजारका दरले रकम प्रदान गरिने छ ।
उक्त रकम पत्रकार महासंघ मार्फत वितरण गरिने पुरीले बताउनु भयो ।
‘कोरोना भाइरसका कारण विश्वका करोडौं जनताको स्वास्थ्य तथा जनजीवनमा गहिरो
असर परेको छ,’ पुरीले भन्नुभयो, ‘विषम परिस्थितिमा समग्र क्षेत्र संगै सञ्चार
माध्यम पनि थप प्रभावित भएका कारण संस्थाले सहयोग स्वरुप रकम वितरण गर्न लागिएको
हो ।’ ‘चौतारी सञ्चार सहकारी
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोत्साहन स्वरुप रकम उपलव्ध गराएको
हो ।’ पुरीले भन्नुभयो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि
संचारमाध्यमले जनचेतना मुलक सामग्री प्रसारण गरेर जनतालाई सुसिचित बनाएको
भन्दै पोत्साहन स्वरुप रकम प्रदान गर्न लागिएको हो ।
