Correspondent, ParbatNepal
6 years ago
1134
चैत्र २७, पर्वत
। लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बेचेको आरोपमा जिल्ला
प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका
आधारमा प्रहरीले जलजला गाउँपालिका ३, वारिवेनीमा
व्यवसाय गरी बस्ने मिनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो ।
वारिवेनीमा सञ्चालित दिप्सन मेटल स्टोर्सका
सञ्चालक रेग्मीले उपभोक्तालाई बजार मूल्यभन्दा बढी रकम लिएर ग्याँस बिक्री गरेको
उपभोक्ताको आरोप छ ।नेपाल आयल निगमले प्रति सिलिण्डर ग्याँसको मूल्य १ हजार ३ सय
७५ तथा ढुवानीसहित भरी सिलिण्डरको १ हजार ४ सय र आधा सिलिण्डरको ७ सय रुपौयाँ
तोकेको छ ।
तर व्यवसायी रेग्मीले १ हजार ७ सय रुपैयाँ लिएर
ग्याँस बिक्री गरेको पाइएकोले पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडित उपभोक्ताले
जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतमा खरिद बिल र लिखित
उजुरीसहित गुनासो गरेपछि प्रहरीले व्यवसायी रेग्मीलाई निजकै पसलबाट पक्राउ गरेको
हो ।
रेग्मीलाई जिल्ला प्रशासन कार्यालय पर्वतबाट
आवश्यक अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भएको प्रहरीले जनाएको छ । व्यवसायी
रेग्मीले भने गाउँसम्म ढुवानी गरेर पुर्याउँदाको खर्च जोडिएकाले त्यति पर्न गएको
दावी गरेका छन् । उनले जारी गरेको बिलमा क्रेताको नाम र हस्तेमा लकडाउन उल्लेख छ ।
