Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1994




बेलायतमा निधन भएका पर्वतेलीहरुप्रति अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष गिरीद्धारा दुःख व्यक्त
बेलायतमा निधन भएका पर्वतेलीहरुप्रति अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष गिरीद्धारा दुःख व्यक्त

बेलायत । कोरोना भाइरस (कोभिड१९) को संक्रमणवाट बेलायतमा निधन भएका दुई पर्वतेलीप्रति अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले बुधवार सामजिक सञ्जाल फेसबुक मार्फत पर्वत जिल्लामा जन्मिएर बेलायतमा बस्दै आउनु भएका तमुधी लण्डन ईकाईका बरिष्ठ उपाध्याक्ष चेतप्रसाद गुरुङ र मेलवहादुर युजालीको निधनको खवरले आफू स्तव्ध भएको जनाउनु भएको छ ।  उहाँले फेसबुकमा लेख्नुभएको छ,‘कोरोना भाइरसवाट संक्रमण भई उपचाररत दुई पर्वतेली दाजुभाईको निधनको खवरले हामी स्तब्ध भएको छौँ ।

 

अध्यक्ष गिरीले भन्नुभएको छ, ‘गएको दुई दिनमा हामीले पर्वत जिल्लाका दुई नक्षेत्र गुमायौँ । बेलायतमा बसेर पनि उनीहरुले आफ्नो जन्मभूमि प्रति पु¥याएको योगदानको हामी सँधै सम्मान गर्ने छौँ । अन्तराष्ट्रिय पर्वत समाजको स्थापना सँगै जिल्लाको विकास र समृद्धिका लागि अनवरत संघर्षमा उहाँहरुले पु¥याउनु भएकोे योगदानको हामी सँधै स्मरण गरिरहेको छौ,’

 

अन्तराष्ट्रिय पर्वत समाजले दुई असल अभिभावक गुमाएको छ, समाजका हरेक गतिविधीमा संलग्न रही सँधै हामीलाई हौसला प्रदान गदै आउनु भएका पर्वतेली दाजुभाईको निधनप्रति हामी निधै दुखी भएको महशुस गरेका छौँ ।,’ गिरीले भन्नुभयो, ‘यस शोकाकुल घडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समावेदना प्रकट गर्दै मृत आत्मप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’,

 

पर्वतको पैयुगाउँपालिकामा स्थायी घर भई हालबेलायतमा बसोवास गदै आउनुभएका ५९ बर्षिय चेतप्रसाद गुरुङको मंगलवार निधन भएको थियो । उनी तमुधी लण्डन ईकाईका बरिष्ठ उपाध्याक्ष हुन भने अन्तराष्ट्रिय पर्वत समाजका शुभचिन्तक हुनुहन्छ । त्यस्तै पर्वतको महाशिला गाउँपालिकामा जन्मिएर हाल बेलायतमा बसोवास गदै आउनुभएका ५६ बर्षिय मेखवहादुर युजाली बुधवार निधन भएको हो । उनी पनि अन्तराष्ट्रिय पर्वत समाजका शुभचिन्तक हुन् । दुवैको निधन कोरोना भाइरस (कोडिभ१९) का कारण भएको हो ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)