Correspondent, ParbatNepal
6 years ago
1190
चैत २८ पर्वत । लकडाउनको बेला किसानहरु घरभित्र बस्नुपर्दा बाँदरले बाली खाएर हैरान पार्न थालेको छ । बाँदर धपाउनकै लागि सबैजना घरवाहिर निस्कन नपाउने भएकाले बाँदरलाई बाली नष्ट पार्न सजिलो भएको छ । पर्वतको एक गाउँका यूवाले बाँदर नियन्त्रणमा आलोपालो गर्ने जुक्ति अपनाएका छन् । जिल्लाको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका यूवाहरुले प्रत्येक घरमा दुईजनाले आलोपालो गरि बाँदर धपाउन पालो लगाएका हुन् । अहिले किसानले खेतवारीमा लगाएको मकै, तरकारी, फलफुलका फुल झारेर बाँदरले हैरान पारेको छ ।
खौलालाँकुरीका दिलराज पौडेलले आलोपालो गरेर बाँदर धपाउन थालेपछि सहज भएको बताउनुभयो । लकडाउनका कारण सबै गाउँले एकै पटक घरवाहिर निस्कन नपाउने भएकाले आलोपालो गरि बाँदर धपाउन थालिएको पौडेलले बताउनुभयो । कुश्मा नगरपालिकाको ठुलीपोखरी, आर्थर, खौला, फलेवासको थापाठाना, शंकरपोखरी, लिमिठाना, भंगारा, विहादीको बाच्छा र बर्राचौरमा लकडाउनको बेला बाँदरले बाली खाएर हैरान पारेको किसानहरुले बताउने गरेका छन् ।
