Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1220




लकडाउन खुला भएको तीन दिनपछिमात्र अदालत खुल्ने
लकडाउन खुला भएको तीन दिनपछिमात्र अदालत खुल्ने

चैत्र २८, पर्वत देशभरका अदालत लकडाउन खुला भएको तीन दिनपछिमात्र खुल्ने भएका छन् सर्वोच्च अदालतले आज एक विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्था समाप्त भएपछि अदालतको कामकारबाही व्यवस्थापन गर्न लाग्ने समयलाई मध्यनजर गरी तीन दिनपछि मुद्दाको नियमित सुनुवाई हुने जनाएको हो यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो


 बैशाख सम्म अदालत बन्द गर्ने निर्णय सर्वोच्चले गरेको वैशाख पछि पनि सरकारले लकडाउन थपेमा सोही अनुरुप अदालत पनि बन्द हुने प्रवक्ता भद्रकाली पोखरेलले सीआईएनलाई जानकारी   दिनुभयो बन्दकै बीच पनि बन्दी प्रत्यक्षीकरणको निवेदन तथा गम्भीर प्रकृतिका, कोभिड १९ सँग सम्बन्धित विषयका रिट निवेदनको दर्ता सुनुवाई तथा पक्राउ अनुमति तथा जरुरी पक्राउ पुर्जीको काम निरन्तर रहने पोखरेलले बताउनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)