Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1337




पर्वतमा लकडाउनका कारण रोकिएका विकासे आयोजना तथा उद्योगहरु संचालनमा
पर्वतमा लकडाउनका कारण रोकिएका विकासे आयोजना तथा उद्योगहरु संचालनमा

चैत्र २९, पर्वत जिल्ला प्रशासन कार्यालय पर्वतले विशेष व्यवस्था गरेर जिल्लामा संचालित विकास आयोजना तथा उद्योगहरु संचालनमा ल्याउने प्रबन्ध गरेको जिल्ला प्रशासन कार्यालय पर्वतको आज बसेको बैठकले जिल्लामा संचालित ठुला विकासे आयोजना तथा उद्योगहरु लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेको हो  


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस -कोभिड१९को रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा संचालित आयोजनाहरु बन्द गरिएको थियो प्रशासनले लकडाउन अवधीमा औषधी खाद्यान्नका पसल मात्र संचालनमा ल्याएको थियो जिल्ला प्रशासन कार्यालयले आज विकास निर्माण आयोजनाहरु, दैनिक अत्यावश्यक उपभोगका खाद्यवस्तु, उत्पादन गर्ने उद्योगहरु, चिनी तथा चिया, पशुपन्छप्को दाना उत्पादन गर्ने उद्योगहरु इटाभट्टीहरु संचालनमा ल्याउन लागेको हो

 

प्रशासनले विकासे आयोजना तथा उद्योगहरु संचालन गर्दा विभिन्न उपायहरु अवलम्वन गर्नुपर्ने नियम जारी गरेको प्रशासनले श्रमिक अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थल भित्रै रहनुपर्ने, आवास खानाको व्यवस्था कार्यस्थल भित्र गर्नुपर्ने, कार्यस्थलवाट बाहिर जान कार्यस्थल बाहिर रहेका परिवारका सदस्य लगायत कुनै पनि व्यक्तिहरु सँग सम्पर्कमा आउन नदिन निर्देशन दिएको   त्यस्तै कार्यस्थलमा व्यक्ति व्यक्तिवीच न्यूनतम भौतिक दुरी कायम गर्नुपर्ने मापदण्ड तोकेको



स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्वन्धी प्रोटोकलन पालन गर्ने, श्रमिक लगायत कार्यस्थलमा रहने सवैको दैनिक ज्वरो नाप्ने, नियमित स्वास्थ्य जाँच गर्ने, मास्क, सेनिटाइजर तथा साबुन पानीको प्रयोग गर्न एम्बलेन्स स्ट्याण्ड वाई राख्न भनिएको जिल्ला प्रशासनले तोकेको मापदण्ड भित्र रहेर काम गरे नगरेको प्रदेश सरकार, स्थनीय प्रशासन स्थानीय तहबाट अनुगमन गरि आवश्यक कार्वाही गरिने प्रशासनले जनाएको   

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)