Correspondent, ParbatNepal
6 years ago
1364
चैत २९ पर्वत । पर्वतमा पनि कोरोनाको दू्रत परिक्षण (¥यापिड टेष्ट) शुरु भएको छ । बिदेशबाट फर्किएका सबै जनाको कोरोना परिक्षण गर्ने अभियान अन्तर्गत कुश्मा नगरपालिका र फलेवास नगरपालिकाबाट दू्रत परिक्षण शुरु गरिएको हो ।
आज कुश्मा नगरपालिकामा ४५ जना र फलेवास नगरपालिका ५७ जना गरि कुल १०२ जनाको जाँच गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले विज्ञप्ती मार्फत जानकारी दिएको छ । पर्वतमा बिदेशबाट फर्किएका सबै ३१६ जनाको कोरोना परिक्षण गर्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बागलुङमा दुई जनामा संक्रमण पुष्टि भएसँगै पर्वतका सम्भावित सबैलाई परीक्षण गर्न थालिएको हो । पर्वतमा अहिले सम्म जाँच गरिएका सबैको नतिजा नेगेटिभ आईरहेको छ । यसअघि स्वाव परिक्षण गरिएका ४६ जनाको पनि रिपोर्ट नेगेटिभ आएको थियो ।
