Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

3042




नाग्लीवाङका मनकारी केसी :काठमाडौँमा रहेका घरको चैत्र महिनाको डेढ लाख भाडा मिनाह
नाग्लीवाङका मनकारी केसी :काठमाडौँमा रहेका घरको  चैत्र महिनाको डेढ लाख भाडा मिनाह

विश्वभरि फैलिएको कोरोना भाइरस ९कोभिड१९० को संक्रमणका कारण मुलुक यतिबेला लकडाउनको चपेटामा रहेको छ । देशका अधिकाँश उद्योग, करकारखाना, होटल तथा व्यवसायहरु बन्द छन् । नागरिकहरु आम्दानीको स्रोत नभएका कारण आजित भएका छन् । सरकारले चैत्र महिनाको भाडा नलिन घरभेटी अनुरोध गरेपनि कतिपय घरधनीहरुले अटेर गरेको पाईन्छ । तर यहाँका एक घरधनीले चैत्र महिनाको घरभाडा नलिने घोषणा गरेका छन् ।

 

पर्वतको जलजला गाउँपालिका८ नाग्लीवाङ निवासी दलवहादुर केसीले काठमाडौँ रहेका ३ वटा घरको भाडा नलिने घोषणा गर्नुभएको हो ।  लकडाउनका कारण घरभाडामा बस्दै आएका नागरिकहरुको समस्यालाई मध्येनजर गदै केसीले करिव १ लाख ५० हजार रुपैयाँ छुट गर्ने घोषणा गर्नुभएको हो । कोरोना भाइरसका कारण सबै कारोवार ठप्प छ, कतिपय क्वारेन्टीनमा बस्नुपर्ने अवस्था आएको छ, यस्तो बेलामा घरभाडा लिनु अन्याय हुने भएकाले मैले चैत्र महिनाको घरभाडा मिनाहा गरेको हुँ,’ केसीले भन्नुभयो । लकडाउनको पीडामा आहात नभइ राहत स्वरुप एक महिनाको घरभाडा छुट दिने घोषण गरेको केसीको भनाई छ । लकडाउनका कारण काम गरेर खाने समुदायमा समस्या बढ्दै गएकाले आफूले घर भाडा छुट दिने निर्णय गरेको केसीले बताउनु भयो ।  उहाँले भन्नुभयो , ‘लकडाउन पीडामा आहात नभइ राहतस्वरुप एक महिनाको घरभाडा छुट दिने घोषण गरेको हुँ ।’  विश्व नै संकटमा परेको बेला एकले अर्कोलाई साथ, सहयोग र सहुलियत दिन जरुरी रहेको उहाँको भनाई छ । मैले एक महिनाको भाडा छुट दिँदै गर्दा केही परिवारलाई खाद्यान्नको जोहो गर्न सजिलो हुने आशा गरेको  छु,’ उहाँले थप्नुभयो । ।

 

एक महिनाको भाडा छुट गरेपछि घरभाडामा बस्दै आएका डेरावालाले निकै ठुलो राहात मिलेको बताए । संकटको बेलामा के खानेभन्दा पनि घरभाडा कसरी तिर्ने भन्ने समस्या भएका बेला समाजसेवी केसीले देखाएको मानवताले आफुहरु निकै हर्षित भएको डेरावालाको भनाई छ । उहाँको निर्णयले अन्य घरभेटीलाई समेत भाडाछुट गर्न दवाव परेको छ । पर्वतको जलजलामा जन्मिएर काठमाडौँ बस्दै आएका केसी जिल्लामा समेत विभिन्न सामजिक तथा आर्थिक गतिविधीमा सहयोग गदै आउनु भएको छ ।


सामजिक कार्यमा निकै रुची देखाउने दलवहादुर केसीले संकटको बेलामा घरभाडा छुट दिने निर्णयले परिवारका सदस्य समेत खुशी भएका छन् । केसीको जेष्ठ सुपुत्र झलक केसी अन्तराष्ट्रिय पर्वत समाजका बरिष्ठ उपाध्याक्ष हुन् । सामजिक कार्यमा निकै सक्रिय देखाउने केसी बेल्जियममा व्यवसाय गदै आउनु भएको छ । झलक केसीले बुवाको निर्णयले आफु निकै खुशी भएको प्रतिक्रिया दिनुभयो । संकटको बेला बुवाले देखाएको मानवता हाम्रो लागि पनि प्रेरणाको स्रोत भएको उहाँको दाबी छ । दुःखको बेलामा एक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नुनै मानवियता भएकाले संकटको बेलामा सवैलाई सहयोग गर्न आग्रह गर्नुभयो । 

 

मनकारी केसीका अर्का सुपुत्र गोविन्द केसी पोर्तुगलमा रेष्टुरेष्ट व्यवसाय गदै आउनु भएको छ । उहाँले लकडाउनको विषय परिस्थितीले निम्ताएको संकटको बेलामा बुबाले प्रभावित भएका दाजुभाई तथा दिदिबहिनीहरुलाई भाडा छुट गरेर मानवता देखाएकोमा आभार प्रकट गर्नुभयो । गोविन्द केसीले दुःखको बेला सवैले सहयोग गर्नुपर्ने बताउँदै बुवाको उदारताले निकै खुशी तुल्याएको बताउनु भयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)