Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1277




पर्वतबाट दैलेख हिँडेका १३ मजदुर बागलुङमा अलपत्र
पर्वतबाट दैलेख हिँडेका १३ मजदुर बागलुङमा अलपत्र

चैत्र , पर्वत लकडाउनका कारण कामविहीन बनेका मजदुर पैदल घर फर्कने क्रममा बागलुङमा अलपत्र परेका छन् २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनामा कार्यरत १३ मजदुर अलपत्र परेका हुन् उनीहरू घर जान दैलेखतिर फिदै थिए । फेवा कन्स्ट्रक्सनमार्फत उक्त आयोजनामा कार्यरत मजदुर लकडाउन लामो हुने बुझेर पैदलै हिँडेका थिए कुश्मा चुवाबाट पैदल यात्राको सिफारिस बनाएर मंगलबार बिहान हिँडेका उनीहरू बागलुङको जैमिनी मा पुगेपछि अलपत्र परेका हुन्

 

पैदल हिँड्न पाइन्छ भनेर वडाबाट सिफारिस बनाएर आयौं,’ जिरज ओलीले भने, ‘यहाँ आएपछि अघि बढ्नै पाइएन हिजो यहीँको एउटा स्कुलको कोठामा भोकै सुत्यौं मंगलबार बिहानदेखि आफूहरू भोकभोकै भएको उनले बताए विद्यालयमा भोकै रात काटियो अहिले घर जाने कि पर्वत फर्किने दोधारमा छौं,’ उनले भने काम गरेकै ठाउँमा फर्किन पनि प्रहरीले नदिएपछि आफूहरू बिचल्लीमा परेको उनीहरूले बताएका छन् आजको कान्तिपुर दैनिकमा खवर छ । 

 

पर्वतका विपद् व्यवस्थापन समितिले अन्तर पालिका वडामै पनि आउजाउ गर्न कडाइ गरेको कडाइका बीच वडाको सिफारिसका आधारमा मजदुरको समूह कसरी जिल्ला बाहिरियो भन्ने विषयमा बुधबार समितिमा छलफल भएको थियो त्यत्रो सुरक्षा घेरा तोडेर उनीहरू कसरी बाहिरिए ?बैठकमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले भने, ‘अब उनीहरूलाई पुरानै ठाउँमा ल्याएर खानपानको व्यवस्था गर्छौं

 

सडक तथा विद्युत् आयोजनामा काम गरिरहेको फेवा कन्स्ट्रक्सनका मात्रै पर्वतमा करिब एक हजार मजदुर कार्यरत छन् तीमध्ये करिब नौ सयलाई चैत १८ अघि नै घर पठाइसकिएको फेवाका प्रतिनिधि राजेन्द्र पहारीले बताए घर जान नपाएका सबै मजदुरलाई खानेबस्ने व्यवस्था गरेको उनको दाबी केही मजदुर भने कुनै जानकारी नदिई बसेको ठाउँ छोडेर आफूखुसी गएको उनले बताए

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)