Correspondent, ParbatNepal
6 years ago
1226
चैत्र ४,
पर्वत । लक डाउनका कारण दैनिक ज्यालादारी गरेर गुजरा चलाउनेहरुका लागि सहयोग गर्न पर्बतका
सबै स्थानिय तहहरुले राहात कोष स्थापना गरेका छन् । पर्बतका रहेका सात वटा स्थानिय
तहहरुमा अहिले सम्म २ करोड ३९ लाख भन्दा बढी रकम जम्मा भएको छ । पर्बतको दुई नगरपालिका
र पाचँ गाउँपालिकाले स्थापना गरेको राहात कोषमा २ करोड ३९ लाख रकम जम्मा भएको हो ।
बिपद् ब्यबस्थापन कोषमा कर्मचारी, जनप्रतिनिधी, बिभिन्न संस्थाहरुबाट रकम जम्मा भएको
बिभिन्न स्थानिय तहहरुले बताएका छन् ।
कुस्मा
नगरपालिकाले दिएको जानकारी अनुसार राहात कोषमा ७० लाख रकम जम्मा भएको छ । उहाँका अनुसार
नगर भित्रका कर्मचारीहरुबाट १० लाख रकम जम्मा भएको छ । भने अन्य बाकि रकम बिभिन्न संघसंस्थाहरुको
तर्फबाट जम्मा भएको हो ।
फलेबास
नगरपालिकामा अहिले सम्म झण्डै ६० लाख रकम जम्मा भएको नगरपालिका कार्यलयले जनाएको छ
। नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माका अनुसार ३५ लाख नगरपालिकाले राहात कोषमा रकम
जम्मा गरेको छ । नगर भित्र रहेका बिभिन्न शिक्षक तथा कर्मचारीहरुबाट १२ लाख रकम जम्मा
भएको छ भने अन्य बाकि रकम बिभिन्न संघसंस्थाहरुको तर्फबाट जम्मा भएको हो ।
मोदी गाउँपालिकामा
अहिले सम्म ३५ लाख रकम जम्मा भएको गाउँपालिकाले जानकारी गराएको छ । गाउँपालिकाका प्रबक्तmा
तथा वडा अध्यक्ष बिमल लामिछानेको अनुसार १२ लाख रकम गाउँपालीकामा कार्यरत स्बास्थकर्मी
बाहेक अन्य कर्मचारीहरुबाट जम्मा भएको छ । बिभिन्न स्थानीय संघसंस्थाहरुकको तर्फबाट
६ लाख रकम जम्मा भएको छ भने अन्य बाकि रकम गाउँपालिकाको तर्फबाट राहात कोषमा जम्मा
भएको उहाँले जानकारी दिनुभयो ।
उता महाशिला
गाउँपालिकाको बिपत ब्यवस्थापन कोषमा ९ लाख रकम जम्मा भएको गाउँपालीकाले जनाएको छ ।
जसमा ८ लाख गाउँपालिकाबाट रकम जम्मा भएको र अन्य बिभिन्न संघसंस्थाहरुबाट १ लाख जम्मा
भई हाल सम्म ९ लाख रकम जम्मा भएको गाउँपालिकाका प्रबक्तmा तथा वडा अध्यक्ष जिबन बिक्रम
उचैले जानकारी दिनुभयो । गाउँपालिका भित्रका कर्मचारीहरुले भने राहात कोषमा रकम जम्मा
गरेका छैनन् ।
यता जलजला
गाउँपालिकामा पनि राहात कोषमा ३५ लाख रकम जम्मा भईसकेको गाउँपालीका कार्यलयले जानकारी
गराएको छ । जसमा ३० लाख गाउँपालिकाले जम्मा गरेको गाउँपालिकाका प्रमुख रामकृष्ण मल्लले
जानकारी दिनुभयो । मल्लले आफ्नो ब्यतिmगत तर्फबाट पनि २ लाख रकम राहात कोषमा जम्मा
गरेको जानकारी दिनुभएको छ । उहाँले कोषमा गाँउपालिकामा कार्यरत कर्मचारिहरु मध्ये स्वास्थयकर्मीवाहेक
अधिकृत तहको ५ दिन वरावरको र सहायक तहको ३ दिन वरावरको तलव रकम जम्मा भएको पनि बताउनुभयो
। र बाकि रकम गाउँपालिका भित्र रहेका बिभिन्न संघसंस्थाबाट जम्मा भएको हो ।
त्यस्तै
बिहादी गाउँपालिकामा पनि राहात कोषमा १५ लाख रकम जम्मा भएको बिहादी गाउँपालिकाका प्रमुख
कमल भुषालले जानकारी दिनुभयो । पैयु गाउँपालिकामा पनि राहात कोषमा रकम जम्मा हुने क्रम
बढेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख खगेन्द्र तिबारीका अनुसार कोषमा अहिले
सम्म १५ लाख रकम जम्मा भएको हो ।
