Correspondent, ParbatNepal
6 years ago
1146
चैत्र ४, पर्वत । पर्वतको फलेवास नगरपालिकाले आयोजनामा खटिएका मजदुरको उचित ब्यवस्थापन गर्न निर्माण व्यवसायीलाई आग्रह गरेको छ । नगरपालिका भित्र खटिएका मजदुरहरु लकडाउनका कारण समस्यामा परेको गुनासो आएपछि नगरपालिकाले उनीहरुको उचित व्यवस्थापनमा ध्यान दिन सम्वन्धित निर्माण व्यवसायीहरुलाई आग्रह गरेको हो ।
साथै फलेवास नगरपालिका भित्र खटिएका कामदार तथा मजदुर भोकै बस्ने अवस्था आएमा नगरपालिकामा सम्पर्क गर्न नगरप्रमुखले पदमपाणि शर्माले अनुरोध गर्नुभएको छ । नगरप्रमुख शर्माद्धारा जारी विज्ञप्ति मार्फत भनिएको छ,‘आयोजनाको जिम्मेवारी लिएर काम गरेका निर्माण ब्यवसायीले आयोजना कार्यान्वयन नभएको अवस्थामा श्रमिकको स्वस्थ्य, खाद्यन्न र बसाई ब्यवस्थापन गर्नु हुन, लक डाउनको कारणबाट श्रमिक अलपत्र परेको, खाद्यन्न अभाव भएको जस्ता गुनासा नआउने वातावरण सृजना गर्न निर्माण ब्यवसायीलाई आब्हान गर्दैछौं ।’ आजै विज्ञप्ति प्रकाशित गरी नगरप्रमुख शर्माले नगरपालिका भित्रका ६ सय ७३ जना अति विपन्नलाई राहत वितरण गरीएको जानकारी दिएका छन ।
