Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1309




पर्वत : मजदुरलाई खाना र पिउने पानीको व्यवस्था गर्न सरोकारवालाहरुको माग
पर्वत : मजदुरलाई खाना  र पिउने पानीको व्यवस्था गर्न सरोकारवालाहरुको माग

बैशाख , पर्वत लकडाउनका कारण समस्यामा परेर घर फर्किँदै गरेका पैदल यात्रुलाई खाने पिउने पानीको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् प्रसासनले रोक्दारोक्दै पनि घर भेटाउन फर्र्किरहेकाहरुको अवस्था दयनिय रहेको हुनाले स्थानीय सरकारहरुलाई खाना पानीको व्यवस्था गर्नुपर्ने माग गर्न थालिएको हो

 

कोरोना संक्रमण फैलिन नपाओस भनेर सरकारले लकडाउन घोषणा गरि सर्वसाधारणहरुलाई जो जहाँ त्यहि रोकिन भनेको तर, कार्यस्थलमा भएका मजदूरहरु खर्च सकिएपछि घरमै फर्किरहेका छन् पर्वत, वागलुङ , म्याग्दी लगायतका जिल्ला घर भई काठमाण्डौँ, धादीङ, तनहुँ, लमजुङ, कास्की जिल्लामा मजदूरी गर्दै आएकाहरु धमाधम घर फर्किएका छन्

 

नाकाहरुमा प्रहरी राखेर प्रबेश रोक लगाएपछि बनजंगल, खोलाखोल्सी चोरबाटो बाट मानिसहरु जिल्ला प्रबेश गरिरहेका छन् उनीहरुलाई लामो दुरीबाट फर्किँदा भोकभोकै तिर्खा सहँदै हिँडिरहेका छन् घर फर्किनेहरुको पीडा सरकारले सम्बोधन गर्न सकिरहेको छैन बाध्यताले घर फर्किनेहरुलाई सडकमा चाउचाउ, विस्कुट, पानी लगायतका खानेकुरा वितरण गर्न सके राहात हुने भएकाले नागरिक समाजले मानवियता देखाउन अनुरोध गर्न थालेका छन् यहाँका स्थानीय सरकारलाई पैदलयात्रुहरुको समस्या सुन्न अनुरोध गरिएको

 

नेकपाका कुश्मा नगर अध्यक्ष शंकर गिरीले स्थानीय सरकारलाई पैदलयात्रुहरुलाई पनि राहातको रुपमा खाना पानीको व्यवस्था गर्न माग गर्नुभयो जिल्ला प्रसासन कार्यालयले भने जिल्ला प्रबेशमा कडाई गर्दै आईरहेको पैदल वा लुकीछिपी सवारीमा चढेर आउनेलाई शुरु बिन्दुमा फर्काउने जनाएको सडकमा सास्ती भोग्दै घर फर्किनेहरु सरकार आफुहरु प्रति अनुदार बनेको भन्दै दुखेसो गर्दै आएका छन् राजमार्गमा प्रहरीको उपस्थिती भएकाले भित्री बाटो हुँदै घर फर्किनेहरुको लर्को लाग्दै आएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)