Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2170




कन्भेक्स मिरर चोरी हुन थाले
कन्भेक्स मिरर चोरी हुन थाले


रोशन तिवारी माघ ५ पर्वत- घुम्ती सडकमा राखिएका कन्भेक्स मिरर चोरी हु्न थालेका छन् । दुर्घटना न्युनिकरणका लागि सडक छेउमा राखिएका ऐना चोरी गर्ने श्रखंला वढेको प्रहरीले जनाएको छ । पोखरा – बागलुङ राजमार्ग अन्तरगत पर्वत खण्डमा राखिएका ‘कन्भेक्स मिरर’ (ऐना) चोरिएको पाइएको छहो । दुर्घटना न्यूनीकरणका लागि भनेर जडान गरिएका ऐना अहिले जडान गरेको एक महिना नवित्दै चोरी हुन थालेपछि प्रहरी हैरान भएको छ । केही ऐनामा अहिले धुलोले ढाकेर सवारी नै नदेखिने बनेको छ ।

कात्तिकको अन्त्य तिर सडक डिभिजन कार्यालय बागलुङको सहयोग तथा जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्यमा पोखरा बागलुङ राजमार्गको पर्वत खण्ड सँगै मालढुंगा बेनी सडकमा समेत गरी ३० वटा ऐना जडान गरिएको थियो । जडान गरिएका ऐनामध्ये २ वटा ऐना चोरिएका छन् । ऐना जडान गरिएपछि यस क्षेत्रमा दुर्घटनामा पनि कमी आएको थियो ।

लाखौं रुपैयाँ खर्चेर जुन उद्देश्यका साथ ऐना जडान गरेपनि अहिले सुरक्षाको अभावमा औचित्यहिन बन्दै गएका छन् । सुरक्षा गर्ने जिम्मेवारी आम नागरिकसँगै यात्रु र सवारी चालकहरुको भएको बताउँदै त्यसतर्फ सडक डिभिजन कार्यालयले पनि प्रहरीलाई सुरक्षाका लागि अनुरोध गर्ने डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले भने ऐनाको सुरक्षाका लागि कार्यालयले पहल गरिरहेको बताएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले पर्वत क्षेत्रमा पर्ने सडक खण्डमा राखिएका ऐना सुरक्षाको लागि आफुहरु लागिपरेको र रातीको समयमा चोरी हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको बताए । स


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)