Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1341




काठमाडौँमा रहेका पर्वतेहरुका लागि खुशीको खवर : समस्या परे यि नम्वरमा फोन गर्नुहोस्
काठमाडौँमा रहेका पर्वतेहरुका लागि खुशीको खवर : समस्या परे यि नम्वरमा फोन गर्नुहोस्

बैशाख ६, पर्वत । लकडाउनको कारण समस्यामा परेका पर्वतेलीहरुलाई सघाउन काठमाडौँमा अनौपचारिक रुपमा सञ्जाल गठन गरिएको छ । पर्वत जिल्लामा जन्मिएर विभिन्न पेशा, व्यवसाय र अध्ययनरको शिलशिलामा काठमाडौँमा बसोवास गदै आएका व्यक्तिहरुको समस्यालाई मध्येनजर गदै संजाल गठन गरिएको हो । शुक्रवार काठमाडौँमा बस्दै आएका सामजिक अगुवाहरुले संजाल गठन गरेका हुन् ।



लकडाउनको कारण खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको समस्या भएमा, स्वास्थ्य समस्याका कारण अस्पतालसम्म जानु परेमा वा अरु कुनै समस्या परेमा सरकार र विभिन्न दसंघसंस्थासँग समन्वय र सहयोग गर्ने उद्देश्यले सञ्जालको गठन गरिएको हो । अनौपचारिक सञ्जालले शुक्रवार एक अपील जारी गदै कुनै समस्या परेमा सम्पर्क रहन पनि अनुरोध गरेको छ ।  


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)