Correspondent, ParbatNepal
6 years ago
1264
बैशाख ६, पर्वत । पर्वतमा विकास बजेट खर्च न्यून देखिएको छ । चालु आर्थीक वर्ष सकिन तिन महिना बाँकी हुँदा पर्वतमा विकास बजेट खर्च न्यून देखिएको हो । विगतमा जस्तै यस बर्ष पनि पर्बतका स्थानिय तहहरुलाई बिकास बजेट खर्च गर्न सकस देखिएको छ । चालु आर्थिक बर्षको नौ महिना बितिसक्दा यहाँका स्थानिय तहहरुमा बजेट खर्च न्युन देखिएको हो । चालु बर्षका लागि बिनियोजन भएको करोडौं बजेट अझै खर्च भएको छैन ।
करोडौंको काम गर्नुपर्ने जिल्लाका बिकासे कार्यालयहरुले खर्च गर्न नसक्दा धेरै बजेट फ्रिज हुने संभावना बढेको छ । पर्बतमा प्रदेश सरकार मातहतका कार्यलयहरुको बिकासे खर्च न्युन रहेको पाइएको छ । चैत्रको अन्त्य सम्ममा प्रदेश मातहत काार्यलयहरुको बिकासे बजेटको चालु खर्च ३१ प्रतिशत मात्रै खर्च हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रक कार्यलय पर्बतले दिएको जानकारी अनुसार पर्बतमा चालु आर्थिक बर्षका लागि संघिय तथा प्रदेश सरकारबाट आएको बिकास बजेट न्युन पाईएको हो ।
संघिय सरकारबाट पर्बतमा चालु आर्थिक बर्षमा चालु खर्च तर्फ ४ अर्ब ३१ करोड बजेट आएकोमा २ अर्ब ७० करोड १२ लाख ६ हजार मात्र खर्च भएको छ । त्यसैगरी पँुजिगत तर्फ ३१ अर्ब १२ करोड बजेट आएकोमा जम्मा ८४ करोड ७७ लाख ४ हजार मात्र खर्च भएको हो । जस अन्र्तगत संघिय सरकारबाट प्राप्त बजेटको पर्बतमा चालु तर्फ ६२ दशमलब ६४ प्रतिशत मात्र खर्च भएको छ भने पुँजिगत तर्फ २६ दशमलब ९३ प्रतिशत खर्च भएको छ । यसमा सबैभन्दा बढी खर्च गर्नेमा मध्यपहाडी लोकमार्ग कार्यलय परेको छ भने सबैभन्दा कम जिल्ला कारागार कार्यलय रहेको प्रमुख कोष तथा लेखा नियन्त्रक नबराज सापकोटाले जानकारी दिनुभयो ।
प्रदेश सरकारबाट पर्बतमा चालु आर्थिक बर्षमा चालु खर्च तर्फ ७० करोड ५ लाख बजेट बिनियोजन भएकोमा २२ करोड ३ लाख ७७ हजार मात्र खर्च भएको छ । त्यसैगरी पँुजिगत तर्फ २ अर्ब १८ करोड बजेट बिनियोजन भएकोमा १ अर्ब १५ लाख २३ हजार मात्र खर्च भएको हो । जस अन्र्तगत प्रदेश सरकारबाट प्राप्त बजेटको पर्बतमा चालु तर्फ ३१ दशमलब १३ प्रतिशत खर्च भएको छ भने पुँजिगत तर्फ ५२ दशमलब ६५ प्रतिशत खर्च भएको छ ।
यसमा सबैभन्दा बढी खर्च गर्ने कार्यलय पुर्बाधार बिकास कार्यलय रहेको छ । र सबैभन्दा कम सिप बिकास कार्यलय रहेको छ । आर्थीक वर्ष सकिन तिन महिना मात्रै बाकी रहेको र कोरोनाको प्रभाव कायमै रहेकाले बिकासे बजेट अपेक्षा अनुसार खर्च हुनेमा आशंका रहेको सोपकोटाको भनाई छ ।
