Correspondent, ParbatNepal
6 years ago
1157
चैत्र ५, पर्वत
। कालीगण्डकी नदीे किनारको किनारमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको सत्तल
संकटमा परेको छ । फलेवास नगरपालिका–६
देविस्थानमा पर्ने सत्तल कालीगण्डकी नदिको किनार सँगै १७ रोपनी जग्गामा फैलिएको छ
। सत्तलको अहिले भग्नावशेष अवस्थामा रहेको
छ । उक्त सत्तल धार्मिक महत्वका दृष्टिकोणले जिल्लाकै प्रख्यात मानिन्छ ।
एक दशक अघि निकै चर्चित मानिने सत्तलको उचित
संरक्षण र व्यवस्थापन नहुँदा संकटमा परेको हो । सत्तलको स्तरोन्नति नहुँदा अहिले
यहाँ भएका पुराना पाटीपौवा,
मठ–मन्दिर
लगायत धार्मिक विश्वासले महत्वपूर्ण मानिएका बस्तुहरु हराउँदै जानथालेका छन् ।
मन्दिरै मन्दिर रहेको सत्तलमा हाल २ वटा मात्र मन्दिर रहेका छन् । आँप र लिचीले
प्रख्यात मानिने सत्तल अहिले उजाड जस्तै बनेको छ । विगतमा करिव १ सय ८ वटा आँपका
रुख थिए अहिले ४० वटा मात्र छन् । लिचीका
रुख पनि नास हुँदै गएका छन् ।
धार्मिक महत्वको सत्तल अहिले निकै जिर्ण बनेको
पण्डित दयाराम ढकालले बताए । ६४ सालदेखी बस्दै आएका पण्डित ढकालले सत्तलको उचित
संरक्षण र व्यवस्थानमा कसैले चासो नदेखाएको गुनासो गरे । ‘सत्तल सँगै यहाँ भएका पुरातात्विक
बस्तुहरु लोप हुँदै जान थालेका छन्,’ ढकालले
भने ‘सत्तलको संरक्षण गर्न सके यस क्षेत्रको
गरिमा बढ्ने थियो ।’ पहिले पहिले कालीगण्डकी नदिमा स्नान
गरेसँगै सत्तलमा आएर पुजा गर्नेे दर्शनार्थीको सङ्ख्यामा दिनहुँ घुइँचो लाग्ने
गर्दथ्यो तर पछिल्लो एक दशकयता कमी हुँदै गएको छ ।
पुरानो शैलीमा निर्मित यो सत्तल अहिले जीर्ण
बन्दै गइरहेको छ स्थानीयहरुको गुनासो छ ।
यहाँ टाढाटाढाबाट आउने बटुवाहरुको
बसोबासका लागि बनाइएका कुटीहरु पनि छन् । यी कुटीको अवस्था पनि अहिले नाजुक
बन्दै गएको छ । सत्तलको पौराणिक महत्व नै हराउँदै जान थालेकामा स्थानीयवासीले
चिन्ता व्यक्त गरेका छन् । सत्तल क्षेत्रको विकास गर्न सकेको खण्डमा यहाँ थुप्रै
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्नेछ स्थानीय कष्णप्रसाद भुषालले जानकारी दिए
। ‘कालीनदीको किनार नजिकै रहेको यस क्षेत्रमा एकादशी, माघेसङ्क्रान्ति र शिवरात्रीमा लगायतका विभिन्न पर्वमा ठूलै मेला लागेका बखत
सत्तल अवलोकन तथा फलफु्ल खानेहरुको घुइँचो हुनेगथ्र्यो’–भुषालले भने ।
विगतमा फलेवास नगरपालिकाले नगरभित्र रहेका
धार्मिक तथा ऐतिहाँसिक बस्तुहरुको उचित संरक्षण र व्यवस्थापन गरि पर्यटकिय हव
बनाउने उद्घोषण गरेपनि देविस्थानमा रहेको धार्मिक महत्व बोकेको सत्तलको मर्मत र
संरक्षणमा ध्यान नदिएको स्थानीयको गुनासो छ । फलेवास नगरपालिकाले उल्टै सत्तल नजिक
बालुवा ढुङगा निकाल्ने ठेक्का लगाएपछि सत्तल सँगै जोडिएको तोरीपाटो घाट समेत
जोखिममा परेको छ । अनाधिकृत रुपमा बालुवा उत्खनन् गर्दा सो क्षेत्रमा फैलिएको जङगल
समेत नाश हुँदै गएको स्थानीयको आरोप छ ।
जथाभावी बालुवा ढुङगा उत्खनन् गर्दा बर्खायाममा
सत्तल एरियामा समेत नदिको बाहव परेर सो क्षेत्र बगाउने स्थानीयले ठोकुवा गरे ।
स्थानीय ठेकेदार, वडा कार्यालय र नगरपालिकाको मिलेमतोमा ठेक्का लगाएको भन्दै स्थानीयले
आपत्ती जनाएका छन् । स्थानीय तहका जनप्रतिनिधिसँगको मिलेमतोमा व्यवसायीले जथाभाबी
नदि उत्खनन् गरेकोे स्थानीयवासीको आरोप छ ।
स्थानीयद्धारा नगरपालिकामा ज्ञापनपज्ञ
सो क्षेत्रमा जथाभावी स्काभेटर लगाएर बालुवा
गिटि उत्खनन् गर्दा वातारवरणमा नै असर पर्ने देखिएकाले स्थानीयले तत्काल तारजाली
लगाएर कटान क्षेत्र रोक्नुपर्ने माग गरेका छन् । साथै नदि दोहनले प्राकृतिक सम्पदा
सहित सो क्षेत्रमा रहेको धार्मिक महत्व बोकेको सत्तल, बन जङगल, पाटीपौवा सबै नाश हुने भएकाले स्थानीयले तत्काल ठेक्का रद्द गरि सो
ठाउँमा तारजाली लगाउन नगरपालिका सँग आग्रह गरेका छन् ।
फलेवास नगरपालिकाले पनि उक्त क्षेत्रको स्थलगत
रिपोर्ट गरि आवश्यक पक्रिया अगाडी बढाउने जनाएको छ ।
