Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1188




पर्वत र म्याग्दीको आवातजावत खोकुलो
पर्वत र म्याग्दीको आवातजावत खोकुलो

बैशाख ८, पर्वत । पर्वतको जलजला गाउँपालिकाका बासिन्दालाई म्याग्दीको सदरमुकाम बेनी जानआउन सहज बनाईएको छ । जलजला गाउपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, शालीजा र धाइरीङका बासिन्दा दैनिक उपभोग्य सामानको किनमेल, बैंक वित्तिय कारोबार, औषधी उपचारका लागि म्याग्दीको बेनीमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै आवतजावत सहज बनाईएको जिल्ला प्रसासन कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दी बेनीमा दूध, तरकारी, फलफुल लगायत कृषि तथा पशुजन्य बस्तुको आयात जलजला गाउँपालिकाबाट हुन्छ । जलजलाका बासिन्दा बिरामी पर्दा उपचारका लागि म्याग्दीमा रहेको बेनी अस्पतालमा जान्छन् ।

स्थानीयबासीहरुको सहजताका लागि पर्वत प्रशासन, प्रहरी र गाउँपालिकासंग समन्वय गरेर वारीबेनी र पारीबेनीको आवत जावतलाई शुक्रबारदेखि खुकुलो बनाइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

अतिआवश्यक बाहेकका काममा भने कडाई गरिएको छ । रत्नेचौर, मालिका, बेलढुङ्गा, किमचौर, ताराखोला, तमानखोला र ढोरपाटनको जलजला हुदै म्याग्दी भित्र्ने नाकामा स्वमसेवक र सुरक्षाकर्मी परिचालन गरेर आवत जावत गर्न रोक लगाइएको छ ।

 

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)