Correspondent, ParbatNepal
6 years ago
1187
पर्वत ८, पर्वत
। पर्वतमा नेपाल विद्युत प्राधिकरणले पटक पटक लाईन काट्दा उपभोक्ता मर्कामा परेका
छन् । विभिन्न वाहनामा लाईन अवरोध हुँदै आएको छ । बिगत दुई हप्ता यता विद्युत
अवरोध हुने क्रम बढेको छ । हावाहुरी र पानीको कारण देखाउँदै प्राधिकरणले दैनिक १३ पटकसम्म लाईन काट्न थालेको छ । अहिले खपत घटेको छ भने मर्मतको काम पनि रोकिएको छ । तर, मोदी सवस्टेशनले पटक पटक लाईन ट्रिप
गरेर उपभोक्तालाई हैरान पार्दै आएको छ ।
प्राधिकरणको पर्वत वितरण केन्द्रले मोदी
स्टेशनमा समस्या आउँदा लाईन जाने गरेको बताउँदै प्राविधिक समस्याको बारेमा स्पष्ट
जानकारी दिने गरेको छैन । तर, दैनिक
जसो लाईन जाने समस्याको स्थायी समाधान भने भएको छैन । पर्वतमा लाईन जाँदा
धौलागिरीका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत लाईन जाने
गरेको छ । लकडाउनको बेला भैरहेको विद्युतको लापरवाहीले उपभोक्ताहरु आक्रोशित भएका
छन् ।
