Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1147




लकडाउनको अवधिमा सामाजिक सद्भाव भड्कन लेख रचना तथा समाचार प्रकाशनमा रोक
लकडाउनको अवधिमा सामाजिक सद्भाव भड्कन लेख रचना तथा समाचार प्रकाशनमा रोक

बैशाख ८, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले लकडाउनको अवधिमा सामाजिक सद्भाव सँगै धार्मिक सहिष्णुता भड्किने किसिमका लेख रचना, तस्विर र समाचार प्रकाशन तथा प्रशारणमा रोक लगाउने निर्णय गरेको छ ।

 

प्रशासनले आईतवार सूचना जारी गदै लकडाउनको अवधिमा सामाजिक सद्भावमा सँगै धार्मिक सहिष्णुतामा भड्किने गरि कुनै पनि लेख रचना, तस्विर वा समाचार लेखाई पत्रपत्रिका, विद्युितय संचार माध्यम, सामजिक संजाल लगायत कुनै पनि माध्यममा प्रकाशन तथा प्रशारण नगर्न अनुरोध गरेको हो । साथै प्रशासनले कोरोना भाइरसको उच्च जोखिमलाई नियन्त्रण र न्यूनिकरण गर्न अन्तर जिल्ला सँगै एक पालिकावाट अर्को पालिकामा आवातजावत समेत गर्न प्रतिबन्द लगाएको छ । टाढाको यात्रा गरि आएका मात्रै नभई छिमेकी जिल्ला कास्की, बागलुङ, म्याग्दी समेत कसैलाई जिल्ला प्रबेश गर्न नदिईने प्रसासनले जनाएको छ ।

 

विभिन्न वाहना बनाएर मानिसहरु एउटा जिल्लाबाट अर्को जिल्लामा र एउटा गाउँबाट अर्को गाउँमा जाने गरेको तर्फ सचेत गराउँदै प्रसासनले भोली देखि थप कडाई गर्ने भएको छ । धार्मिक सभा सम्मेलन, जमघट प्रार्थना, मठमन्दिर, गुम्बा, चर्च मस्जिद् धर्मशाला पाटीपौवा आदिमा कारोनाको उच्च जोखिम हुने भएकाले उक्त ठाउँमा नजान समेत अनुरोध गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरिएको भए पनि पर्वत जिल्लामा भने यसको उचित पालना नभएको पाईएको छ ।

 

जिल्ला सदरमुकाम कुश्मालगायत जिल्लाका स्थानीय तहहरूमा प्रभावकारी रूपमा लकडाउनको पूर्ण पालना भएको छैन । स्थानीय प्रशासनले कडाइ गरे पनि समूहमा हिँड्ने, भिडभाड गर्ने, समूहसमूहमा काममा निस्कने, अत्यावश्यक बाहेकका पसलहरू पनि खोल्ने, जुवातास खेल्ने, समूहमा मादक पदार्थ सेवन गर्ने, माछा मार्ने, समूह बनाएर मर्निङ र ईभिनिङ वाक गर्ने जस्ता गतिविधि भइरहेको गुनासो सुनिँदै आएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)