Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1323




नेपालकैै सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न- (शेयर गरौँ)
नेपालकैै सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न- (शेयर गरौँ)

बैशाख , पर्वत बागलुङ पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्माण थालिएको नेपालकैै सबैभन्दा लामोे झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको बागलुङ नगरपालिका रामरेखा देखि कुश्मा नगरपालिका अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भएको हो सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडौंका अनुसार ठेक्का सम्झौताभन्दा तीन महीनाअघि नै पुल निर्माण कार्य सकिएको बताएको

 

लामो पुलको निर्माण कार्य सकिएर हस्तान्तरणको तयारीमा रहेको पुल निर्माणको जिम्मा पाएको थानीरबिएलटीरहिमशिखर कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिध नरहरी खड्काले जानकारी दिए हामीले लकडाउनमा समेत पुल निर्माण गर्न रोकेनौँ’, खड्काले भने, ‘वैशाखको शुरुमै निर्माण सकिएको पुल वैशाख गते हस्तान्तरणको तयारीमा थियौँ, लकडाउनले हस्तान्तरण गर्ने कार्य स्थगन भएको लकडाउ खुलेपछि हस्तान्तरण भएलगत्तै उक्त पुल सर्वसाधारणका लागि खुला गरिनेछ

 

खड्काका अनुसार झोलुङ्गे पुल खुला प्रकृतिमा ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण सम्पन्न भएको हो कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनीदोधारा पुल एशियामा लामो मानिने भए तापनि यहाँ बन्न लागेको पुल खुला प्रकृतिको पहिलो हो विसं २०७५ चैतदेखि शुरु भएको पुल निर्माण कार्य आगामी २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महीनाअगावै पुल निर्माण सम्पन्न भएको हो

 

पहिलो पटक निर्माण थालिएको नेपालकै लामो पुल निर्माणमा ठूलो चुनैती भए पनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिएको उक्त निर्माण कम्पनीले पहाडी भेगका खोच तथा नदीहरुमा लामा झोलुङ्गे पुल निर्माण गर्दै आएको खड्काको भनाइ रहेको नेपालमा अधिकांश निर्माण कम्पनीले कामको जिम्मा लिए पनि समयमै निर्माण कार्य नसकेको अवस्थामा ठेक्का सम्झौताभन्दा अगावै निर्माण कार्य सम्पन्न भएको  

 

विसं २०७६ फागुनमै सक्ने भनिएको पुल दुई ओटा राजमार्गमाथिबाट लट्ठा तान्दा समय लागेको थियो निर्माण कम्पनीले पर्वत बागलुङतर्फका दुवै राजमार्गमा रोकावट नहुने गरी चिनियाँ प्रविधिको औजारले लट्ठा तानेको थियो पुलको लट्ठा तान्नका लागि निर्माण कम्पनीले उच्चस्तरको चिनियाँ प्रविधिको प्रयोग गरेको थियो बागलुङ नगरपालिका रामरेखा पर्वत जिल्लाको कुश्मा नगरपालिका पाङ अदुवाबारी जोड्ने गरी निर्माण गरेकोे ५६७ मिटर लामो १३८ मिटर अग्लो रहेको

 

यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको पुल निर्माणसँगै पाङ पुग्न लाग्ने ४५ मिनेट १० मिनेटमा छोटिएको विसं २०५९ देखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भए पनि लट्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको विशेष पहलमा रू। ४० लाखमा लट्ठा तान्ने औजार चीनबाट खरीद गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएपछि पुल निर्माण थालिएको थियो

 

अत्याधुनिक उपकरणबाट पुलका लट्ठा तानेको नेपालमा पहिलो पटक हो सस्पेन्सन वृज डिभिजन कार्यालयले ४०० मिटरभन्दा लामो पुल निर्माण गर्दा अबदेखि यही औजारको सहायता लिनेछ अहिलेसम्म नेपालमा सात हजार ५०० भन्दा बढी झोलुङ्गे पुल रहेका छन् शुरुमा रू। १२ करोड २२ लाख  लागत अनुमान गरिए पनि लट्ठा लट्ठा तान्ने मेशिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रू। करोड ९१ लाखमा सम्झौता भएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)