Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1245




असिनापानीले पर्वतमा करोडौँको बालीनालीमा क्षती
असिनापानीले पर्वतमा करोडौँको बालीनालीमा क्षती

बैशाख ८, पर्वत । कोरोनाको पीडा सहँदै आएका पर्वत र बागलुङका किसानलाई आइतवार र सोमवार  असिनाको पीडा थपिएको छ ।  अघिल्लो सोमवार राती परेको असिनापानीका कारण पर्वतमा करोडौको अन्नवाली र फलफुलमा क्षति व्यहोरेका कृषकले पुन आइतवार र सोमवार परेको असिनाले थप क्षती व्यहोर्नुपरेको छ ।

 

आइतवार दिउँसो परेको असिनाका कारण जिल्लाको महाशीला गाउँपालिकामा सवैभन्दा बढि क्षति पुगेको छ भने फलेवास, विहादी, पैंयु र छिमेकी जिल्ला बागलुङको जैमिनीमा पनि अन्नवालीमा नोक्सानी पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । सवैभन्दा बढि महाशीला गाउँपालिकाको वडा नंं. ५ लुंखुदेउरालीमा परेको छ । त्यहाँ किसानहरुले लगाएको अन्नवाली पुरै माटोमा परिणत भएको छ । टनेल भन्दा बाहिर लगाएका सवै बालीनाली नष्ट भएको स्थानीय कृषक भवराज शर्माले जानकारी दिनुभयो ।

 

भित्र्याउनका तयारी अवस्थामा रहेको गहुँबाली पनि पुर्ण रुपमा नष्ट भएको छ । त्यसैगरी खेतवारीमा लगाएको मकैवालमा पनि क्षति पुगेको कृषकहरुले गुनासो गरेका छन् । महाशीला वडा नं. ५ काहुँलेका युवा कृषक मोहन पौडेलले असिनाले एउटै गाउँमा पचास लाख भन्दा बढिका तरकारीवाली नष्ट गरेको गुनासो गर्नुभयो । आज कुश्मा नगरपालिकाका विभिन्न वडामा असिना परेको छ । बालीनालीमा भएको क्षतीको यकिन विवरण आएको छैन ।

 

आइतवार फलेवास, विहादी, जैमिनीमा पनि फल लागेका फलफुलहरु पुरै झरेर नष्ट भएको छ भने मकैवाली र गहुँवालीमा क्षति पुगेको छ । गत सोमवार परेको असिनाले पर्वतको जलजला र मोदी गाउँपालिका तथा छिमेकी जिल्ला बागलुङको ताराखोलामा करोडौको क्षति भएको थियो । कृषि ज्ञान केन्द्र पर्वतले अहिले असिनाले पगेको क्षतिको विवरण संकलन गर्ने काम भैरहेको बताउएको छ । क्षतिको विवरण यकिन भैसकेको छैन सवै संकलन गरेर कृषकलाई राहतका लागि पहल गर्ने केन्द्र प्रमुख बासुदेव रेग्मीले जानकारी बताउनुभयो ।

 

गत सोमवार परेको असिनाले पर्वतको जलजलामा आलुमा ५० प्रतिशत, तरकारी ७५, खाद्यान्न ४५ र फलफुलमा ३० प्रतिशत क्षति पुगेको केन्द्रले जनाएको छ । त्यस्तै कुश्मा नगरपालिका, मोदी गाउँपालिका र बागलुङको गलकोट नगरपालिकामा पनि सोहि अनुपातमा क्षति पुगेको केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)