Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1184




स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्न सरकारको निर्देशन
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्न सरकारको निर्देशन

बैशाख , पर्वत सरकारले नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ रोकथाम तथा उपचार कोषका लागि सुरक्षाकर्मी स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको नोभल कोरोना भाइरस रोकथा तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले सङ्कटको बेला अग्रभागमा खटिएका सुरक्षाकर्मी स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो

 

त्यसै निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो प्रहरीको तलब काट्ने निर्णय सरकारले यसअघि पनि नगरेको समितिका सदस्य सचिवसमेत रहनुभएका प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो

 

प्रहरी अधिकृत कसैले स्वेच्छिक रूपमा कोषमा तलब काटेर जम्मा गर्न सक्ने तर अनिवार्य नहुने उहाँले बताउनुभयो सरकारले गठन गरको कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीन देखि दिनसम्मको तलब कट्टा गरेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)